LISTEN LIVE RADIO

भोलीको राजधानी शहर सम्बन्धी पुस्तक विमोचन, राजधानी व्यवस्थापनको काम छिट्टै गर्छौ : महरा



भोलीको राजधानी शहर सम्बन्धी पुस्तक विमोचन, राजधानी व्यवस्थापनको काम छिट्टै गर्छौ : महरा

भालुवाङ २४ वैशाख ।  लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीलाई भोलीको राजधानी शहर कस्तो बनाउने भन्ने विषयवस्तु समेटिएको पुस्तक विमोचन गरिएको ।

प्रदेश पुर्वधार विकास प्राधिकरण, राप्ती, गढवा गाउँपालिका र सितगंगा नगरपालिकाको आयोजनामा सोमवार राप्ती गाउापालिका १ भालुवाङमा सो पुस्तकको विमोचन गरिएको हो । पुस्तकको विमोचन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले गरेका थिए । पुस्तक विमोचन गर्दै मुख्यमन्त्री महराले भोलीको राजधानीलाई कस्तो बनाउने भन्ने विषयमा प्रदेश सरकार गम्भीर रुपमा अगाडी बढेको र राजधानी व्यवस्थानमा जुटिसकेको बताएका छन् । मुख्यमन्त्री महराले राजधनी व्यवस्थापनको कामलाई प्रदेश सरकार एक्लैले गर्न नसक्ने हुँदा स्थानीय, प्रदेश र संघ सरकार मिलेर गर्नुपर्ने बताएका छन् ।

साथै उनको राजधानी व्यवस्थापन र गौरवको आयोजना सञ्चालनका लागि आफु काठमाण्डौ जान लागेको समेत उनले बताए । यस्तै कार्यक्रममा प्रदेश पुर्वधार विकास प्राधिकरणका कार्यकारी प्रमुख छवीराज पोख्रेलले राजधानी व्यवस्थापनको काममा खट्न राजधानीका ३ वटै पालिकाका जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् । कार्यक्रममा सितगंगा नगरपालिकाका नगर प्रमुख छविलाल पौडेल, गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा लगायतका वक्ताहरुले बोलेका थिए । कार्यक्रममा स्वागत तथा विषयवस्तु बारे जानकारी डा. डिल्ली प्रसाद पौडेलले गराएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे