LISTEN LIVE RADIO

भारतका लागि पूर्व नेपाली राजदूत रुक्मशमशेर राणाको निधन



भारतका लागि पूर्व नेपाली राजदूत रुक्मशमशेर राणाको निधन

काठमाण्डाै २६ भदाै । भारतका लागि पूर्व राजदूत रुक्मशमशेर राणाको निधन भएको छ । राणाको ८५ वर्षको उमेरमा बत्तीसपुतलीमा रहेको निवासमा गएराति निधन भएको ज्वाइँ अनिलकेशरी शाहले जानकारी दिएका छन् ।

मिर्गौला प्रत्यारोपणपछि उहाँले नियमित डायलाइसिस गर्दै आएका थिए । नेपाली कांग्रेसका संस्थापक नेता शुवर्णशमशेरका कान्छा छोरा रुक्मशमशेर सन् २००९ देखि २०११ सम्म भारतको राजदूत बनेका थिए । साथै उनी नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् राखेपमा दुई पटक सदस्यसचिव रहेका थिए ।उनी अहिले ओलम्पिक कमिटीको मानार्थ अध्यक्ष थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे