LISTEN LIVE RADIO

सिसहनियाँका प्रतिष्ठित व्यापारी पाण्डेको निधन, शोकमा एक दिन बजार बन्द



सिसहनियाँका प्रतिष्ठित व्यापारी पाण्डेको निधन, शोकमा एक दिन बजार बन्द

सिसहनियाँ २६ भदौ । राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँका प्रतिष्ठित व्यापारी रामलाल पाण्डेका पिता ईश्वरीप्रसाद पाण्डेको शनिवार हृदयघातका कारण निधन भएको छ । राप्ती गाउँपालिका चेम्बर अफ कमर्समा आवद्ध रामलाल पाण्डेका बुवाको निधनले सिंगो संस्थामा अपुरणीय क्षती पु¥याएको छ ।

चेम्बरका अध्यक्ष कुमार अधिकारी र प्रथम उपाध्यक्ष मनु बेल्वासेले पाण्डेको निधन प्रति शोक वक्तव्य जारी गरी मृतक परिवारमा ईश्वरले धर्यधारण गर्ने शक्ति प्रदान गरुन भनि गहिरो समवेदना समेत प्रकट गरेको छ । पाण्डेको शनिवार विहान ७ बजेको ५८ वर्षको उमेरमा निधन भएको हो ।

यसै गरी सिसहनियाँ उद्योग वाणिज्य संघमा आवद्ध ईश्वरीप्रसाद पाण्डेको निधन प्रति संघले शोक वक्तव्य जारी गरि श्रद्धाञ्जली व्यक्त गरेको छ । यसै बिच पाण्डेको निधनमा शनिवार एक दिनका लागि सिसहनियाँ बजार बन्द गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष शान्तराज भण्डारीले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे