LISTEN LIVE RADIO

राप्ती गाउँपालिका-१ पाखापानी स्थित जि.आर फर्निचरमा आगलागी, क्षतिको विवरण आउन बाँकी



राप्ती गाउँपालिका-१ पाखापानी स्थित जि.आर फर्निचरमा आगलागी, क्षतिको विवरण आउन बाँकी

भालुवाङ २४ वैशाख । दाङको एक फर्निचर उद्योगमा आगलागी भएको छ ।

राप्ती गाउँपालिका वडा नम्बर १  पाखापानीमा रहेको उद्योगपति गञ्जबहादुर विष्टको जि.आर फर्निचर उद्योगमा आगलागी भएकाे इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ । आज बिहान करिव ४:३० बजेकाे समयमा विद्युतको तार सर्ट भई आगलागी भएको प्रहरीले बताएको छ ।

आगोलाई सशस्त्र प्रहरी, स्थानिय र लमही नगरपालिकाकाे दमकलकाे सहयाेगमा नियन्त्रणमा लिइकाे छ । आगलागीबाट भएको क्षतिकाे विवरण आउन बाँकी रहेकाे प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे