LISTEN LIVE RADIO

संखुवासभा सामूहिक हत्यामा आफन्तकै संलग्नता भएकाे खुलासा, कार्कीका भतिजा नाता पर्ने पक्राउ



संखुवासभा सामूहिक हत्यामा आफन्तकै संलग्नता भएकाे खुलासा, कार्कीका भतिजा नाता पर्ने पक्राउ

संखुवासभा २६ भदाै ।  संखुवासभाको मादी नगरपालिका–१, उमलिङका तेजबहादुर कार्कीको परिवाको सामूहिक हत्या परिवारकै आफन्तले गरेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कार्कीको परिवारको हत्या उनकै भतिज नाता पर्ने २६ वर्षीय लोकबहादुर कार्कीले गरेको खुलेको हो ।

लोकबहादुरको साथबाट प्रहरीले हत्या गर्न प्रयोग गरिएको हथौडा र रगतले लत्पतिएको कपडासमेत बरामद गरेको दाबी गरेको छ । उनको घर तेजबहादु कार्कीको घर नजिकै रहेको छ ।उनलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धन अघि बढाएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

उनलाई आइतबार पत्रकारसम्मेलन मार्फत सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।२१ भदौमा तेजबहादुर कार्कीसहित उनकी आमा पार्वता कार्की, श्रीमती मनमाया कार्की, बुहारी रञ्जना कार्की, दीपक कार्की र नातिनी गोमा कार्कीको सामूहिक हत्या भएको थियो ।

घटनामा तेजबहादुरका ९० वर्षीय बुवा बौद्धमान कार्की भने बाचेका थिए ।घटनाको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धन ब्युरो (सीआईबी) संघीय प्रहरी कार्यालय धरान, तथा जिल्ला प्रहरी कार्यालय संखुवासभाले सामूहिक रूपमा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे