LISTEN LIVE RADIO

नेकपा एमाले (समाजवादी) पार्टीमा ९५ सदस्यीय केन्द्रीय कमिटी (नामावली सहित)



नेकपा एमाले (समाजवादी) पार्टीमा ९५ सदस्यीय केन्द्रीय कमिटी (नामावली सहित)

काठमाडौं २ भदौ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एमाले (समाजवादी) मा ९५ सदस्यीय केन्द्रीय कमिटी रहने भएको छ । आयोगमा दल दर्ताका लागि आज बुधवार दिएको निवेदनमा अध्यक्षमा नेपाल र वरिष्ठ नेतामा झलनाथ खनाल रहेका छन् ।

त्यस्तै सङ्घीय संसद् प्रतिनिधि सभा र राष्ट्रिय सभाका ३१ सदस्य रहेको नेता राजेन्द्र पाण्डेले जानकारी दिए । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेलगत्तै नेपाल पक्षले नयाँ दल दर्ताका लागि निवेदन दिएको हो ।

पार्टीले चुनाव चिह्न किताब प्रस्ताव गरेको छ तर खुला किताब चिह्नमा भने अन्योल छ । पार्टीको झण्डा रातो पृष्ठभूमि रहेको कपडा र बायाँपट्टि हँसिया हथौडा अङ्कित हुने उल्लेख छ । साथै छुट्टै पार्टीको लोगो गोलाकारभित्र संक्षिप्त पार्टी नाम र किताबमाथि हँसिया हथौडा हुने भनिएको छ ।

हेर्नुहोस् एमाले समाजवादीको ९५ सदस्यीय केन्द्रीय समितिको नामावली

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे