LISTEN LIVE RADIO

माधवकुमार नेपालको नेतृत्वमा नेकपा एमाले (समाजवादी) दल दर्ता



माधवकुमार नेपालको नेतृत्वमा नेकपा एमाले (समाजवादी) दल दर्ता

काठमाडौं २ भदौ ।  नेकपा एमाले फुटेको छ । दल विभाजनका लागि सहज हुने गरी नयाँ अध्यादेश जारी भएकै दिन बुधबार वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा नेकपा एमाले समाजवादी नामक दल दर्ता भएको हो । दल दर्ताका लागि नेपालसहितका नेताहरु निर्वाचन आयोग पुगेका थिए ।

निवेदनमा पार्टीको चुनाव चिह्न भने टुंगो लाग्न सकेन । ‘खुला किताब’ प्रस्ताव गरिए पनि उन्नत लोकतान्त्रिक पार्टीको चुनाव चिन्ह ‘छड्के परेको किताब’सँग मिल्दो जुल्दो हुने भएकाले टुंगो नलागेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको अन्तरसंघर्ष चर्किँदै गएपछि अन्ततः नेपालसहितका नेताहरुले विभाजनको बाटो रोजेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे