LISTEN LIVE RADIO

माओवादी नेताहरुलाई गाउँ नबिर्सिन सुझाव



माओवादी नेताहरुलाई गाउँ नबिर्सिन सुझाव

गाउँ बिर्सिएको आरोप सबैभन्दा बढी खेप्ने प्राणी भनेको सायद नेतै हुनुपर्छ । अझ त्यसमा पनि निर्वाचित प्रतिनिधिहरु यो आरोप अल्लि बढी नै खेप्ने गर्छन् । फेरि यो आरोपलाई मिथ्या भन्न पनि मिल्दैन। कतिपय नेतागणहरुको व्यबहार माथिको आरोप सँग ठ्याक्कै मेल खान्छ। उनिहरु ठाउँमा पुगेर पनि गर्न सक्दैनन् या गर्न चाहाँदैनन् त्यो कुरो उनैले जानुन, तर देश बदल्न भन्दै छाती पिटेर पटकपटक राज्यको उपरी संरचनामा उक्लिएकाहरु आफै बदलिएका छन् ।

आफ्ना नेताहरुलाई यो बाटोमा नहिंड्न् माओवादी केन्द्रको तल्लो कमिटीका कार्यकर्ता एवं जनताहरुले सुझाव दिएका छन् । नेकपा माओवादी केन्द्र लमहीले आफ्नो संगठन विस्तार एवं सुदृढीकरण अभियानलाई तिब्र बनाएको समयमा यस्ता गुनासा र सुझावहरु आएको पाइएको हो। दाङ जिल्लाका सबै पालिका अन्तर्गतका टोल र वडाहरुमा यतिबेला भेला र नयाँ कमिटीहरु चयन भइरहेका छन् ।

आउँदो निर्वाचन र अव्यवस्थित जस्तै बनेको संगठनात्मक गतिविधिलाई मध्यनजर गर्दै सुदृढीकरण अभियानलाई तिब्रता दिइएको माओवादी नेताहरुको भनाइ छ। उसोत माओवादी नेताहरुलाई आफ्नो पृष्ठभुमि र वर्ग बिर्सिएर शहर पसेको आरोप लाग्ने गरेको छ । आशावादी जनता र असली कार्यकर्तालाई बेवास्ता गरेको आरोप पनि उनिहरुलाई नलागेको होईन।

यद्यपि अदालतले एमाले र माओवादी केन्द्रलाई नेकपा बाट पहिलेकै अवस्थामा पुर्याइदिए पछि माओवादी नेताहरु निकै सक्रियताका साथ संगठन विस्तारमा केन्द्रित बनेकाछन् । स्थानीय स्तरमा माओवादी प्रति थुप्रै गुनासाहरु रहेता पनि जनताका अपेक्षा समेत अन्य पार्टिको तुलनामा माओवादी केन्द्र प्रति नै बढिरहेको निर्वाचित वडा सदस्य एवं नेकपा माओवादी केन्द्र लमही नगरपालिका वडा नम्बर ३ का अध्यक्ष कृष्ण घिमिरेको बुझाइ छ। खासमा यो अभियान संगठन बिस्तार मात्रै नभएर जनताका आधारभुत समस्या समाधान गर्ने उपाएको खोजीमा पनि केन्द्रित रहेको नेकपा माओवादी केन्द्र, लमही नगरपालिका ३ का इन्चार्ज लोकमणी बन्जाडे (लेनिन) को धारणा छ।

माओबादी आन्दोलन र जनयुद्धले उठान गरेका मुद्दाहरुले यहाँसम्म आउँदा कत्तिको सार्थकता पाए? माओबादी आन्दोनको जगबाट सत्ताको नेतृत्व गर्न गएका जनप्रतिनिधि र अन्य पार्टी प्रतिनिधिको बिचमा कस्तो भिन्नता हुनुपर्थ्यो? लगायत आम जनजिविकाका तमाम सवालमा गहन छलफल गर्दै समाधानका उपायको खोजी गर्दै अभियान अघि बढेको इन्चार्ज बन्जाडेले प्रष्ट पार्नुभयो । उहाँले गुनासो सुन्न र गुनासो को समाधान गर्न प्रत्येक महिना कम्तीमा १ पटक टोल र सेल हरुमा नेतृत्व पुग्नुपर्ने र बिकास निर्माण लगायत अन्य राज्यबाट प्राप्त हुने सबै सेवा सुबिधाहरु ब्यक्तीबाट परिचालन नभएर टोल कमीटी तथा सेल मार्फत सन्चालन तथा बितरण हुनुपर्ने सुझाब प्रमुख रुपमा आएको स्पष्ट पार्नुभयो।

यो अभियान मुलतः देशैभर र दाङका पनि लमही लगायत सबै पालिका, वडा र टोलहरुमा सञ्चालन भइरहेको नेकपा माओवादी केन्द्र दाङका जिल्ला सदस्य ओमप्रसाद सुवेदि (सागर) ले जानकारी दिनुभएको छ । यो साङ्गठनिक अभियान भएको र माओवादी संगठन लाई टाेल देखि सेल कमिटीसम्म पुर्याउँदै पार्टीलाई थप बलियो बनाउने हेतुले थालनी गरिएको नेता सागरको भनाइ छ। छलफलका क्रममा तल्लो कमिटिबाट केही गुनासाहरु पनि आएको स्वीकार गर्दै नेता सागरले उपल्लो कमिटी बेलाबेला जनमास बाट हराएको, जिम्मेवार निकायमा पुगेर पनि विकासका काममा ध्यान दिन नसकेको आदि सल्लाह सहितका सुझावहरु आएको स्पष्ट पार्नु भयो। गत साउन ३० र ३१ गते काठमाडौंमा सम्पन्न माओवादी केन्द्रको केन्द्रिय समिति बैठकले पुस ११ गतेदेखि १३ गतेसम्म पार्टिको राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे