बाढी र पहिरोका कारण देशभरका १५ सडक खण्ड अझै बन्द



बाढी र पहिरोका कारण देशभरका १५ सडक खण्ड अझै बन्द

काठमाण्डाै २ साउन । बाढी र पहिरोका कारण बन्द भएमा देशभरका १५ सडक खण्ड अझै सञ्चालनमा आउन सकेका छैनन् ।  ६६ वटा सडक खण्ड एकतर्फी  रुपमा सञ्चालन भइरहेका सडक विभागले जनाएको छ ।

काठमाण्डौ–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी सडक खण्ड अझै सञ्चालमा आउन सकेको छैन । सिन्धुपाल्चोकको लिपिङ पुल भत्किँदा यो सडक खण्ड बन्द भएको थियो । यस्तै ठाउँ/ठाउँमा पहिरो र कटानका कारण डुम्रे–बेसीसहर–चामे सडक खण्ड बन्द भएको छ । गएको असार ३ गतेदेखि बन्द यो सडक खण्ड खुलाउन समस्या भएको सडक विभागले जनाएको छ ।

पहिरोका कारण ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक खण्ड पनि झण्डै एक महिनादेखि बन्द छ । गएको असार १ गते रसुवाको त्रिशूली खोला, सानो भार्खु खोला र गाँजाबारीमा पहिरो गएकाले यो सडक बन्द भएको थियो । यस्तै सिन्धुपाल्चोकको कोदारीमा पहिरो गएकाले काठमाण्डौ–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी सडक खण्ड पनि लामो समयदेखि बन्द छ । अरनिको राजमार्ग अन्तर्गत पर्ने यो सडक खण्ड सञ्चालनको प्रयास भइरहेको सडक विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे