अन्तर्राष्ट्रिय थाहा दिवस २०२४ दाङको देउखुरीमा प्रभातफेरि गरेर मनायाे



अन्तर्राष्ट्रिय थाहा दिवस २०२४ दाङको देउखुरीमा प्रभातफेरि गरेर मनायाे

दाङ १२ असाेज । थाहा पाउने अधिकारका लागि वा सूचना पाउने अधिकारका लागि परिकल्पना गरिएको अन्तर्राष्ट्रिय थाहाँ दिवस आज दाङ-देउखुरीकाे लमहीमा एक कार्यक्रम गरी मनाइएकाे छ। सूचनाको हकका लागि राष्ट्रिय महासंघ केन्द्रीय समिती र पब्लिक भ्वाइस नेपाल लुम्बिनी प्रदेश समितीले लुम्बिनीको प्रदेश राजधानी दाङ-देउखुरीकाे लमहीमा प्रभात फेरी कार्यक्रम गरी अन्तर्राष्ट्रिय थाहा दिवस मनाइएको हाे ।

कार्यक्रममा बोल्दै सूचनाको हकका लागि ले राज्यले सहज र सरल रुपमा सूचना प्राप्त गर्ने वातावरण बनाउन नसकेको गुनासो गर्नुभयाे । उहाँले देशका हरेक नागरिकले सूचनाको अधिकार छ संबिधानले दिएको अधिकार प्रयोग गर्न नागरिकको दायित्व भएको बताउनुभयाे । अध्यक्ष बागचन्दले राज्यले ल्याएको कानूनलाई कार्यान्वयन गराउन नागरिकस्तरबाट दबाबमुलक कार्यक्रम गर्नुपर्ने भन्दै टोल, समाजका मानिसहरुलाई सूचनाको हक माग्नुपर्ने कुरालाई सबैले प्रेरित गर्नुपर्ने बताउनुभयाे । उहाँले थाहाँ दिवसले जनताको सूचनाको अधिकारलाई अझ सशक्त बनाउने उद्देश्य बोकेको छ दाबी गर्नुभयाे ।

थाहाँ दिवसको दिनको परिकल्पना गरिएको बुल्गेरियाको सोफियामा सन् २००२ को सेप्टेम्बर २८ मा जम्मा भएका सूचनामा स्वतन्त्रता चाहनेहरूको भेलाले तयार गरेको विश्वव्यापी संजालको थालनी भएको बिशेष दिन हो ।सूचनामा विश्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवस, रूपमा २८ सेप्टेम्बरलाई मानिन्छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे