सम्भावित विपदलाई मध्यनजर गरि उच्च सतर्कता अपनाउन राप्तीबासीलाई अध्यक्ष विष्टको आग्रह



सम्भावित विपदलाई मध्यनजर गरि उच्च सतर्कता अपनाउन राप्तीबासीलाई अध्यक्ष विष्टको आग्रह

भालुवाङ १२ असोज । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले लगातारको वर्षका कारण हुन सक्ने विपदबाट बच्च राप्तीबासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

समाजिक सञ्जाल फेसबुकमा सुचना जारी गर्दै अध्यक्ष विष्टले अविरल वर्षातका कारण सम्भावित विपद्‌लाई मध्यनजर गर्दै राप्ती गाउँपालिका भित्रका सबै निकायलाई उच्च सतर्कता र तयारी अवस्थामा रहन हार्दिक अनुरोध गर्दछु, उनले भनेका छन् । आपतकालीन योजना, उद्धार टोलीहरूको तयारी, र जनचेतना अभिवृद्धि गर्दै विपद्‌ व्यवस्थापनमा समन्वयकारी भूमिका निभाउन अध्यक्ष विष्टले सबैलाई आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे