नयाँ भाडा दर सार्वजनिक, कहाँ पुग्न कति ? (सूचीसहित)



नयाँ भाडा दर सार्वजनिक, कहाँ पुग्न कति ? (सूचीसहित)

काठमाण्डाै २ साउन । सरकारले लामाे दुरीका सार्वजनिक गाडीमा बढाएकाे भाडा दर सार्वजनिक गरेकाे छ । सरकारले विभिन्न आधार बनाएर लामाे दुरीका सार्वजनिक गाडीमा २० देखि २८ प्रतिशतसम्म भाडा बढाएकाे हाे ।

सरकारका अनुसार २०७५ सालको असोजमा बढाएयता भाडा समायोजन नगरिएको र योबीचमा इन्धन तथा अन्य पाटपुर्जाको समेत मूल्य धेरै नै बढेकाले यस पटक गाडी भाडा बढाइएकाे बताएकाे छ ।

यातायात मन्त्रालयले गएको आइतवार अर्थात् असार २७ गते नै भाडा बढाउन विभागलाई सहमति दिएको थियो । विभागले गएकाे मङ्गलवार २९ गतेदेखि नै लागू हुने गरी नयाँ भाडा दर सार्वजनिक गरेकाे थियाे ।

नयाँ भाडा दरअनुसार सार्वजनिक गाडीकाे भाडा २८ प्रतिशतले बढेको छ । यस्तै पहाडमा चल्ने मालवाहक गाडीको भाडा २० प्रतिशत र तराईमा चल्ने मालवाहक गाडीको भाडा २६ प्रतिशतले बढेको छ । बढेको भाडा दर दुई वा दुईभन्दा धेरै प्रदेश भएर चल्ने लामो दुरीका गाडीमा लागू हुनेछ । प्रदेशभित्र चल्ने गाडीको भाडा प्रदेश सरकारले नै तोक्ने अधिकार पाएको छ । भाडा बढाउँदा इन्धनको मूल्य वृद्धिलाई ३५ र अन्य सूचकलाई ६५ प्रतिशत आधार मान्ने गरिएको छ ।

यस्ताे छ भाडा दर–

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे