बगर कृषि सहकारीको वार्षिक साधारणसभा सम्पन्न : च्याउ र बेसार खेतीमा जोड



बगर कृषि सहकारीको वार्षिक साधारणसभा सम्पन्न : च्याउ र बेसार खेतीमा जोड

सिसहनियाँ ११ असोज । दाङको राप्ती गाउँपालिका–५ सिसहनियाँमा रहेको बगर कृषि सहकारी संस्थाले यश आर्थिक वर्षमा च्याउ र बेसार खेतीमा जोड दिएको छ ।

संस्थाको शुक्रबार राप्ती गाउँपालिका–८ पिपरीमा आयोजित १४ औं वार्षिक साधारणसभामा वार्षिक कार्ययोजना प्रस्तुत गर्दै संस्थाकी उपाध्यक्ष कल्पना आचार्यले सो कुरा बताएकी हुन् । किसानहरूलाई बढी भन्दा बढी आत्मनिर्भर बनाउने योजनाका साथ कृषि तर्फ यस आर्थिक वर्षमा च्याउ र बेसार खेतीलाई जोड दिएको उपाध्यक्ष आचार्यले बताएकी छिन् । संस्थामा आवद्व सदस्यहरुले सो खेती गर्न चाहाने लाई प्राथामिकतामा राखेर ऋण प्रवाह गर्ने साथै बीउका लागि स्थानीय सरकार वा दातृ निकाय सँग पहल गर्ने योजना रहेको बताइएको छ ।

त्यस्तै संस्थाले कृषिमा बढ्दो विषादी तथा रसायनिक मल कम गर्दै आइपिएम प्रविधिमा प्रोत्साहन गर्ने गरी कृषि प्रविधि परामर्श कार्यक्रम सञ्चालन गर्ने, रक्तदान आयोजना गर्ने, सरसफाई कार्यक्रम सञ्चालन गर्ने, शेयर सदस्य वृद्धि गर्ने र सहकारी शिक्षा गाउँ गाउँ लैजाने कार्ययोजना रहेको उपाध्यक्ष आचार्यले बताइन् । संस्थाकी अध्यक्ष सावित्री चौधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीको प्रमुख आतिथ्यतामा भएको सभामा वार्षिक प्रगति प्रतिवेदन सहसचिव निमा चौधरी, आर्थिक प्रतिवेदन कोषाध्यक्ष दयावती चौधरी, ऋण प्रतिवेदन ऋणी समिति संयोजक लोकबहादुर बस्नेत र लेखा प्रतिवेदन लेखा समिति संयोजक बसन्तराज भट्टराईले प्रस्तुत गरेका थिए ।

संस्थाकी उपाध्यक्ष कल्पना आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको सभा उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले किसानहरूलाई प्रोत्साहन दिन यस वर्ष गाउँपालिकाले सवै भन्दा बढी धान उत्पादन गर्ने किसानलाई सम्मान गरिन लागेको बताएकी छिन् । त्यसका लागि किसानहरुलाई निवेदन दिन समेत आग्रह गरेकी छिन् । कार्यक्रममा जिल्ला कृषि संघ लि. दाङ जिल्ला अध्यक्ष पदमा आचार्य, राप्ती गाउँपालिका पशु तथा सहकारी शाखा प्रमुख दामोदर आचार्य, साना किसान कृषि सहकारी संस्था लि. सिसहनियाँका अध्यक्ष विष्णु गुरूङ, शान्ति आईपिएम कृषक समुहका अध्यक्ष शान्ता आचार्य र पत्रकार ओमप्रकाश गुप्ता लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा उत्कृष्ट कृषक समुह, सफल व्यवसायी, एकल महिला, असल बचतकर्तालाई सम्मान समेत गरिएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव दलबहादुर घर्तीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे