दंगाली चेली सिर्जनाको समेत अभिनय रहेको शुन्य भयो मेरो घर दशै गीत सार्वजनिक



दंगाली चेली सिर्जनाको समेत अभिनय रहेको शुन्य भयो मेरो घर दशै गीत सार्वजनिक

दाङ ११ असोज । शुन्य भयो मेरो घर बोलको दशै गीत आज सार्वजनिक भएको छ ।

दुर्गा पौडेलको रचनाकारमा र विशाल घिमिरेको निर्देशनमा रहेको गीतले आफ्नो देशमा रोजगारीको अवसर नपाउँदा युवाहरु आफ्नो परिवारको खुसीको लागि देश छोडन बाध्य भएको अवस्थालाई झल्काउन खोजेको छ । आफ्नो परिवारको खुसीका लागि धन कमाउन बुढा बा, आमा, बालबच्चा छोडेर जानुपर्ने अवस्थालाई देखाएको छ । विदेशमा दुख गरेर धन कमाउनुको पिडा समेत गीतको माध्यमबाट देखाउन खोजिएको छ ।

सो गीतमा पशुपति शर्मा, शान्ति श्री परियार, खुमन अधिकारी, रम्जी खाड, रमेश राज भट्टराई, अर्जुन सापकोटा, राजु गुरुङ, पुजा देवकोटा, नेत्र भण्डारी, शान्तारानी परियार लगायतका चर्चित कलाकारको स्वर रहेको छ । भने सुरवीर पण्डित, हिउवाला गौतम, इन्द्रा लामा, सरिता दानकुटी, जीवन कुवर ज्ञवाली, दंगाली चेली सिर्जना थापा, विजय बास्कोटा, शिशिर पाैडेल, दिनेश सुवेदी, आयुशा गौतम, रुबिना बसेल लगायतका कलाकारहरुको अभिनय रहेको छ । सो गीत गुडलक नेपाल युटुव च्यानलबाट सार्वजनिक भएको छ ।

हेर्नुहोस् यो पुरा भिडियो

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे