LISTEN LIVE RADIO

आर्थिक वर्ष २०७८/०७९ काे बजेटमा के–के छ ? (बजेटकाे पूर्ण पाठ सहित)



आर्थिक वर्ष २०७८/०७९ काे बजेटमा के–के छ ? (बजेटकाे पूर्ण पाठ सहित)

काठमाण्डाै १५ जेठ । सरकारले आउँदाे आर्थिक वर्ष २०७८/०७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ कराेड रुपैयाँकाे बजेट विनियाेजन गरेकाे छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा बजेट भाषण गर्दै अर्थ मन्त्री विष्णु पौडेलले आउँदाे वर्षका लागि १६ खर्ब ४७ अर्ब रुपैयाँकाे बजेट विनियाेजन गरिएकाे जानकारी दिएका छन् ।

यो रकममध्ये सङ्घीय सरकारले चालुतर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड, पुँजीगततर्फ तीन खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ विनियोजन भएको छ । यस्तै वित्तिय व्यवस्थातर्फ दुई खर्ब सात अर्ब ९७ करोड रुपैयाँ रहेको छ ।

प्रदेश र पालिकातर्फ वित्तीय हस्तान्तरणमार्फत तीन खर्ब ८६ अर्ब ७१ करोड रुपैयाँ विनियोजन भएको छ ।

सरकारले आउँदाे बजेटमा स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएको छ । कोभिड–१९ महामारीमा परेको व्यवसायलाई पुनरुत्थान गरी अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न किसिमको कर छुट र भन्सार छुट तथा पुनर्कर्जा र व्यवसाय निरन्तरता कर्जाको कार्यक्रम ल्याएको छ ।

स्वास्थ्य पूर्वाधार विकासका लागि कोभिड–१९ उपचारमा प्रयोग हुने उपकरणमा भन्सार छुटका साथै अक्सिजन प्लान्ट स्थापनाका लागि अनुदानको व्यवस्था गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे