LISTEN LIVE RADIO

दंगीशरणकाे कोराेना अस्पताललाई ४६ हजार बराबरको औषधी तथा स्वास्थ्य सामाग्री सहयोग



दंगीशरणकाे कोराेना अस्पताललाई ४६ हजार बराबरको औषधी तथा स्वास्थ्य सामाग्री सहयोग
दाङ १५ जेठ ।  दाङकाे दंगीशरण-६ बागर स्थित श्री गाउँ प्राथमिक स्वास्थ्य केन्द्र हाल अस्थाई कोराेना अस्पताललाई ४६ हजार बराबरको औषधी तथा स्वास्थ्य सामाग्री सहयाेग गरिएकाे छ । नेपाल औषधी व्यवसायी संघ दाङ शाखाले शनिबार काेराेना स‌ंक्रमित बिरामीहरुलाई अत्यावश्यक पर्ने उक्त औषधी तथा स्वास्थ्य सामाग्री सहयाेग गरेकाे हाे ।
संघले काेराेना स‌ंक्रमित बिरामीहरुका लागि ईन्जेक्सन, डेक्सामिथासाेन, हाइड्राेकर्टिसाेन, सेक्ट्रायजाेन ट्यावलेट, भिटामिन सी, एजीथ्राेमाइस, जिङ्ग लगायत विभिन्न प्रकारका औषधी, पिपिई, मास्क र सेनिटाईजर लगायतका स्वास्थ्य सामाग्री श्री गाउँ प्राथमिक स्वास्थ्य केन्द्र हाल अस्थाई कोराेना अस्पताललाई सहयोग गरेको नेपाल औषधी व्यवसायी संघका जिल्ला सदस्य कृष्ण श्रेष्ठले जानकारी दिएका छन्  ।
नेपाल औषधी व्यवसायी संघका जिल्ला अध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिब श्यामकुमार गिरी, कोषाध्यक्ष गिरिराज न्यौपाने सदस्यद्धय कृष्ण श्रेष्ठ र सुनिल रेग्मी सहितको टोलीले उक्त औषधी तथा स्वास्थ्य सामाग्री अस्पतालका इन्चार्ज डा. कृष्ण घर्तीलाई हस्तान्तरण गरेका हुन् ।
साथै संघले बिगत १ महिना देखि दाङ जिल्ला मा रहेका विभिन्न आइसोलेसन अस्पतालमा अत्यावश्यक औषधी र स्वास्थ्य सामाग्री सहयोग गरिरहेको छ भने करिब १ लाख ५० हजार बराबरको औषधी र स्वास्थ्य सामाग्री सहयोग गरिसकेको छ। साथै आवश्यक परेमा थप सहयोग गरिने जनाएको छ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे