LISTEN LIVE RADIO

देउखुरीमा कुमारी बैंकका ४ शाखाले सरसफाई र वृक्षारोपण गरी २० औँ वार्षिक उत्सव मनाए



देउखुरीमा कुमारी बैंकका ४ शाखाले सरसफाई र वृक्षारोपण गरी २० औँ वार्षिक उत्सव मनाए

भालुवाङ २१ चैत्र । दाङको देउखुरीमा कुमारी बैंकका ४ शाखाले सरसफाई र वृक्षारोपण गरी २० औँ वार्षिक उत्सव मनाएका छन् । जसमा भालुवाङ शाखाले राप्ती गाउँपालिका वडा नम्बर १ पुल्चोक भालुवाङ बजारको दुर्गा कालभैरव मन्दिर परिसर सरसफाई तथा विभिन्न मन्दिर र प्रहरी कार्यालयलाई सरसफाई समाग्री हस्तान्तरण गरिएको छ ।जस अनुसार दुर्गा कालभैरव मन्दिरलाई ४ थान डस्टवीन, बाल्टी, कुचो र फोहोर उठाउने भाँडो, इलाका प्रहरी कार्यालय भालुवाङ, प्रहरी बिट पुल्चोक, ट्राफिक प्रहरी वीट पुल्चोक, शिव मन्दिर पुल्चोकलाई १÷१ थान डस्टवीन, बाल्टी र कुचो र खड्केश्वरी मन्दिर भालुवाङलाई २ थान डस्टवीन, बाल्टी, कुचो, फोहोर उठाउने भाँडो गरी १० थान बाल्टी, १० थान डस्टवीन र १० थान कुचो र १० थान फोहोर उठाउने भाँडो प्रदान गरिएको छ ।

शाखा प्रमुख कृष्णप्रसाद भट्टराईको अध्यक्षता एवम् राप्ती उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष जगतप्रसाद पोख्रेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रामजहदी सामुदायिक वनका अध्यक्ष हरिप्रसाद श्रेष्ठ, इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी सहायक निरिक्षक गगनसिंह ठकुरी र दुर्गा कालभैरव मन्दिर व्यवस्थापन समितिका दोर्णप्रसाद आचार्य लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कर्मचारी सरोज बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन पत्रकार सन्तोषकुमार गुप्ताले गरेका थिए ।

यस्तै लमही शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत लमही बजारको शिवालय मन्दिर, सत्यसाई मन्दिर, लमही बजार सरसफाई र डस्टवीन वितरण गरेको छ । कार्यक्रममा लमही नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष बिमबहादुर केसी, देउखुरी उद्योग वाणिज्य संघ लमहीका अध्यक्ष खगेश्वर खनाल र कुमारी बैंक लमही शाखाका प्रबन्र्धक श्रीधर अधिकारी लगायत कर्मचारीहरुको सहभागिता रहेको थियो ।यस्तै सिसहनियाँ शाखाले राप्ती गाउँपालिका वडा नम्बर ८ मा रहेको प्रगतिनगर शहरी बिकास खानेपानी पिपरी को भबन परिसरमा वृक्षारोपण गरेको छ । शाखा प्रमुख ओमप्रकाश चौधरी लगायत कर्मचारी तथा खानेपानी संस्थाका कोषाध्यक्ष भरत पाण्डे लगायतको सहभागितामा अशोक, लहरे अशोक, धुपी सल्ला, गुलाव फुल गरी २ हजार ३ सय विरुवा रोपण गरेका छन् । साथै खानेपानी संस्थालाई २ ओटा डस्टवीन समेत प्रदान गरेको छ ।

यता गढवा शाखाले गढवाको कोटही मन्दिर परिसरको सरसफाई गर्नुका साथै मन्दिरमा फोहोर ब्यबस्थापनको लागि ४÷४ थान डस्टबीन र कुचो तथा शिव मन्दिर घोराहा ( पेट्रोल पम्प)लाई २÷२ थान डस्टवीन र कुचो गढवा गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष बालचन्द्र हमालद्वारा कोटही मन्दिर ब्यबस्थापन समितीका अध्यक्ष प्रमोद सिंहलाई हस्तान्तरण गरिएको छ । गढवा शाखा प्रमख मदन केसी र कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे