LISTEN LIVE RADIO

पत्रकार महासंघ दाङ शाखामा अध्यक्ष पदका लागि लक्ष्मी आचार्यकाे उम्मेदवारी घाेषणा



पत्रकार महासंघ दाङ शाखामा अध्यक्ष पदका लागि लक्ष्मी आचार्यकाे उम्मेदवारी घाेषणा

दाङ २१ चैत्र । नेपाल पत्रकार महासंघ दाङको निर्वाचनमा लक्ष्मी आचार्यलाई अध्यक्षको उम्मेदवार बनाईने भएको छ । प्रेस संगठन, प्रेस युनियनलगायतका संगठनको समर्थनमा दाङमा आचार्यलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

शनिबार आचार्यको टुंगो लागेको हो । दाङमा प्रेस संगठनले अध्यक्ष पाउने गरि सम्झौता भएको थियो । आचार्य बाहेक अन्य उम्मेदवारहरुको भने अझै टुंगो लाग्न नसकेको प्रेस संगठन कार्यादलका एक सदस्यले  जानकारी दिए । जिल्ला शाखाको निर्वाचनकालागि आईतबार उम्मेदवारी दर्ता हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे