LISTEN LIVE RADIO

पत्रकार महासंघको निर्वाचनमा विप्लव निकटका ३ जना पत्रकार निर्विरोध निर्वाचित



पत्रकार महासंघको निर्वाचनमा विप्लव निकटका ३ जना पत्रकार निर्विरोध निर्वाचित

काठमाडाै २१ चैत्र । नेत्र विक्रम चन्द ‘विप्लव’ निकट ३ जना पत्रकार नेपाल पत्रकार महासंघको निर्वाचनमा निर्विरोध निर्वाचित भएका छन् । पार्टीसँग आस्था राख्ने पत्रकारहरुको संगठन क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रीय सचिव राज कपुर महर्जन र केन्द्रीय सदस्य बालकृष्ण भट्ट (साहास) प्रतिष्ठान प्रदेशको सदस्य तथा संगठनकी केन्द्रीय सदस्य दिया चन्द उपत्यका प्रदेश सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

महर्जन र भट्ट रेडियो मिर्मिरेमा कार्यरत छन् भने पत्रकार चन्द नेपालकै टप १० भित्र रहेको डिजिटल अनलाईन मिडिया सञ्चारकेन्द्र डटकमकी कार्यकारी सम्पादक हुन् । संगठनका केन्द्रीय उपाध्यक्ष जन्मदेव जैसीको नेतृत्वमा महासंघ चुनावमा भाग लिएको संगठनले देशभर सबै प्रदेशमा आफ्नाे सहभागिता जनाएकाे । जैसी केन्द्रीय सचिवमा उठेका छन् भने केन्द्रीय सदस्य केशब बहादुर भुल खुला केन्द्रीय सदस्यमा उठेका छन् ।

यस्तै सुदुरपश्चिम प्रदेश सदस्यमा संगठनकी सचिव उन्नति चौधरी र डडेल्धुरा जिल्ला उपाध्यक्षमा गणेश रोका उम्मेदवार रहेका छन् । यता कर्णाली प्रदेशमा तप्त बहादुर मल्ल (भौतिक) प्रदेश महासचिवमा उठेका छन् भने जाजरकोट, कालिकोट, प्यूठान, सल्यान, पर्वत, दाङ, ललितपुर र काठमाडौँमा पनि संगठनले उम्मेद्वारी दिने भएकाे छ ।

करिव ३ बर्षदेखि विप्लव नेतृत्वको नेकपाका पत्रकारहरुबीचकाे विवाद अझै हल हुन सकेको सकेको छैन । अहिले पनि पार्टीभित्र २ वटा पत्रकार संगठन रहेका छन् । २०७५ बैसाखमा सम्पन्न संगठनको सम्मेलनमा निर्वाचित ४८ जना केन्द्रीय सदस्य मध्ये ४२ जना सदस्य रहेको सस्थापन पक्षले क्रान्तिकारी पत्रकार संगठन नै पुनर्गठन गरेर बसेको छ, भने अल्पमत पक्षले जनपत्रकार संगठन बनाएको छ । बहुमत पक्ष रहेको संगठनका देशभर २३ वटा जिल्ला तथा इकाई कमिटीहरु छन् । उक्त संगठनमा जनयुद्धकालिन समयदेखि नै पार्टीमा आबद्ध पत्रकारहरुको नेतृत्व छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे