LISTEN LIVE RADIO

दोस्रो दिन पनि वडा अध्यक्ष र कार्यपालिका सदस्यद्धारा लमही नगरपालिकाको मुलगेटमा धर्ना



दोस्रो दिन पनि वडा अध्यक्ष र कार्यपालिका सदस्यद्धारा लमही नगरपालिकाको मुलगेटमा धर्ना

लमही १९ चैत्र । दाङ देउखुरीको लमही नगरपालिकामा केहि वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले दोस्रो दिन बिहिवार पनि धर्ना दिएका छन् । विवादित प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीलाई ल्याउन खोजेको भन्दै उनीहरुले नगरपालिकाको मुल गेटमा बसेर धर्ना दिएका हुन् । वडा अध्यक्ष सहित बनेको १९ जना कार्यपालिका सदस्य मध्ये १३ जना विरोधमा उत्रियका छन् ।

उनीहरुले तुरुन्त कार्यपालिकाको पुर्ण बैठक बसाल्न माग गरेपनि नगरप्रमुख कुलबहादुर केसीले पुर्ण बैठक तत्काल राख्न नसक्ने प्रतिक्रिया दिएको वडा नम्बर ३ का वडा अध्यक्ष बाबुराम चौधरीले बताए । आफुहरुको माग यति गर्दा पनि पुरा नभए जनता माझ जाने बताएका छन् । उनीहरुले डाँगी नगरपालिकामा जिम्मेवारी लिएर आएमा नगर कार्यपालिकाको सम्पूर्ण बैठकहरू बहिस्कार गर्ने यस अघिनै चेतावनी समेत दिइसकेका छन् ।

डाँगीले विभिन्न परियोजनामा घोटला गर्ने, योजना पूरा नहँुदै भुक्तानी दिइहाल्ने, १४ रुपैयाँको औषधी २८ रुपैयाँमा आएको टेन्डर पास गरिदिने, हुँदा हुँदा घुस खाने जस्ता आरोप विरोधमा उत्रिएका वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुको आरोप छ । धर्ना कार्यक्रम बेलुका ५ बजे सम्म रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे