LISTEN LIVE RADIO

कालापानी सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा



कालापानी सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा

सिसहनियाँ १८ चैत्र । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ मा रहेको कालापानी सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा आएको छ । बुधवार दिउँसो ३ः३० बजे देखि लागेको आगो बेलुका ७ः३० बजेको समयमा नियन्त्रणमा आएको हो । देउकी सामुदायिक वनबाट फैलिएर आएको सामुदायिक वनका अध्यक्ष छविलाल चौधरीले बताए ।

आगोलाई डिभिजन वन कार्यालय लमहीका अधिकृत पुरान चौधरीको नेतृत्वमा कालापानी सामुदायिक वनका पदाधिकारी, उपभोक्ताहरु र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा आएको हो । वनमा आगलागी हुँदा हजारौ बोट विरुवाहरु नष्ट हनुका साथै वन्यजन्तुहरु विस्थापित भएको सामुदायिक वनका अध्यक्ष चौधरीले बताए । आगो कसले लगाएको भन्ने खुल्न नसकेको अध्यक्ष चौधरीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे