LISTEN LIVE RADIO

लमही-कोइलाबास सडक खण्डको उद्घाटन



लमही-कोइलाबास सडक खण्डको उद्घाटन

लमही १९ चैत्र । हुलाकी राजमार्ग अन्तरगत लमही-कोईलाबास सडकखण्डको बुधवार बिधिवत उद्घाटन गरिएको छ । दाङको प्रमुख तथा पुरानो नाका भनेर चिनिने कोईलाबास सडकखण्डको उद्घाटन गढवा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष सद्दाम सिद्दिकिले गरेका हुन् । लमही-कोईलाबास सडकखण्ड अनेत्र पुर्ण रुपमा सम्पन्न भएपनि लमही बजारमा फराकिलो नहुँदै उद्घाटन गरिएको हो । मु-आब्जाको बिषयमा बारम्बार बिबाद हुँदा लमही बजार क्षेत्रमा सडक फराकिलो बनाउन नसकिएको कन्सल्टेन्सीका पदाधिकारी बताउँछन् ।

लमही नगरपालिकाले मु-आब्जा का लागि अनेक सहमतीको प्रयास थालेपनि निस्कर्ष बिहिन हुँदा अन्त्यमा सडकको उद्घाटन गरिएको हो । कतै सहमती र बिमतीका कारण नाला सहित ११ मिटर चौडा हुनुपर्ने सडक लमही बजार क्षेत्रमा भने फराकिलो हुन सकेन । कन्सल्टेन्सीको स्टिमेट अनुसार ७ मिटर कालोपत्रे र दायाँ बायाँ २/२ मिटर सोल्जर सहित ११ मिटरको फराकिलो सडक बनाउनुपर्ने हो । तर मु-आब्जाको बिषयमा सहमति जुट्न नसक्दा लमही बजार क्षेत्रमा भने सडक फराकिलो हुन सकेन ।

एन एच आई डि सिएल कन्सल्टेन्सी नया दिल्लिले नेपालमा आफ्नो लगानीमा निर्माण सम्पन्न गरिसकेका १४ वटा सडकको बुधवार नै उद्घाटन गरेको छ । बुधवार नै उद्घाटन भईसक्नुपर्ने भएकाले लमही-कोईलाबास सडकखण्डको पनि उद्घाटन गरिएको कन्सल्टेन्सी नया दिल्लिका ईन्जिनियर बिरेन्द्र मण्डलले बताए । भारत सरकारको ६९ करोड सहयोगमा ३३ किलोमिटर लामो सडक कालोपत्रे गरिएको छ ।

सडक कालोपत्रेका लागि ठेक्का पाएको कुमार कालिका जेभि कन्ट्रक्सनले ३५ महिना लगाएर २०२० मे मा सम्पन्न गरेको हो । २०१७ देखि निर्माणकार्य शुरु गरेको जेभि कन्ट्रक्सनले २०१९ डिसेम्बर सम्ममा कालोपत्रे गरिसक्नु पर्ने थियो । तर, प्राबिधिक कारण केही ढिला गरि सम्पन्न भएको कन्सल्टेन्सी नँया दिल्लिका ईन्जिनियर बिरेन्द्र मण्डलले बताए । २०२२ मे सम्ममा सकड टुठफुट भएमा, भत्केमा निर्माण कम्पनीले रेखदेख (डि एल पि) गर्नुपर्ने कन्सल्टेन्सीको भनाई छ ।

सडक कालोपत्रे भएसँगै अहिले कोईलाबास घुम्न जानेहरुको सँख्यामा पनि बृद्दी भएको छ । सडक कालोपत्रे नहुँदा त्यसक्षत्रका स्थानियहरु दैनिक सास्ती सँगको सामना गर्नुपर्थ्यो । सडक निर्माण भएसँगै लमही, गढवा, कोईलाबास नजिकैबाट नियाल्न सकिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे