पेट्रोलमा ७, डिजेल र मट्टितेल लिटरमा ५ रुपैयाँले मूल्य घट्यो



पेट्रोलमा ७, डिजेल र मट्टितेल लिटरमा ५ रुपैयाँले मूल्य घट्यो

 काठमाडौं २ जेठ । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । पेट्रोलको मूल्य प्रतिलिटर ७ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएको निगमले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

घटेको मूल्य बुधवार राती १२ बजेपछि लागू हुनेछ । हाल पेट्रोलको अधिकतम मूल्य १७८ रुपैयाँ प्रतिलिटर रहेकामा अब त्यो १७१ रुपैयाँमा झरेको छ । डिजेल र मट्टितेलको मूल्य अधिकतम १५९ रुपैयाँ रहेकोमा त्यो १५४ रुपैयाँमा झरेको छ । भारतबाट आयात हुने पेट्रोलको मूल्य घटेर आएकाले नेपालमा मूल्य समायोजन गरिएको निगमको भनाई छ ।

हेर्नुहोस् आयल निगमको विज्ञप्ती

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे