LISTEN LIVE RADIO

राप्तीकाे श्रीनगरडाँडा कोहलुवामा बुद्ध पूर्णिमा मेला तथा विविध साँस्कृतिक कार्यक्रममा हुने



राप्तीकाे श्रीनगरडाँडा कोहलुवामा बुद्ध पूर्णिमा मेला तथा विविध साँस्कृतिक कार्यक्रममा हुने

भालुवाङ २८ वेशाख । दाङ देउखुरीको राप्ती गाउँपालिका ८ श्रीनगरडाँडा कोहलुवामा बुद्ध पूर्णिमा मेला तथा विविध साँस्कृतिक कार्यक्रममा सञ्चालन हुने भएको छ ।

२५६८ औं बुद्ध जयन्तीको अवसरमा तमु ह्युल छोंज धी (गुरुङ राष्ट्रिय परिषद्) इकाई कार्यसमिति राप्ती गाउँपालिका–८ पिपरीले यहि आउँदो जेठ ९ गते देखि १२ गते सम्म राप्ती गाउँपालिका वडा नम्बर ८ कोहलुवा श्रीनगरडाँडा स्थित शंकर ताल परिसरमा मेला तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको हो । शुक्रवार मेला लाग्ने स्थानमा पत्रकार सम्मेलनको आयोजना गरि सो विषयमा जानकारी गराइएको हो । बौद्ध गुम्बा तथा श.कर पार्वती तालको प्रचारप्रसार तथा गुरुङ समुदायको घाटु नाच लगायत कला संस्कृतिको संरक्षणका लागि मेला तथा साँस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको साङ्गे छयोईलिङ श्रीनगर बौद्ध गुम्बा कार्यसमितिका अध्यक्ष लुमबहादुर गुरुङले बताए ।

न्युनतम ४० वटा स्टल रहने मेलामा १५ हजार दर्शकले अवलोकन गर्ने र करिव ५ लाख बराबरको कारोवार गर्ने लक्ष्य राखिएको गुरुङले बताए । मेलामा विभिन्न व्यापारीक स्टल, होटल रहने छ भने मेला प्रत्येक दिन बेलुका ३ बजे देखि राती १० बजे सम्म सञ्चालन हुने छ । मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती, गुरुङ समुदायको घाटु नाच, बुद्ध पुर्णिमा आइडल र खानपान मुख्य आकर्षण रहने र शंकर तालमा ५ वटा डुंगा सञ्चालन गर्ने तयारी भएको गुरुङले बताए । मेलामा सर्वसाधारणका लागि रु १ सयको टिकट र विद्यार्थीको हकमा परिचयपत्रका आधारमा रु ७५ तथा जेष्ठ नागरिक र अपाङगता भएका नागरिकहरुलाई परिचयपत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे