LISTEN LIVE RADIO

राप्ती गाउँपालिकाद्वारा हाडबाँसका अग्नी पिडितहरुलाई एक लाख बढीको राहत सामाग्री प्रदान



राप्ती गाउँपालिकाद्वारा हाडबाँसका अग्नी पिडितहरुलाई एक लाख बढीको राहत सामाग्री प्रदान

देउखुरी २८ वैशाख । दाङको राप्ती गाउँपालिकाले राजपुर गाउँपालिका वडा नम्बर ७ हाडबासका अग्नी पिडितहरुलाई बिहीबार राहत सामाग्री प्रदान गरेको छ।

गाउँपालिकाले एक लाख बराबरको जस्तापाता र तीन हजार बराबरको तरकारी गाउँपालिकाकी उपाध्यक्ष धनपती यदव र वडा नम्बर ७ का वडा अध्यक्ष पुष्कर ओलीकाे राेहबरमा पिडीतहरुलाई प्रदान गरेको हाे। राहात सामाग्री लिएर गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, प्रमुख प्रशासकीय अधिकृत नेबबहादुर ओली,पालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चाैधरी, वडा नम्बर ८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरुङ, कार्यपालिका सदस्य रणबहादुर पुजाली लगायत पालिकाका कर्मचारीहरु हाडबास गाउँ पुगेका थिए।

यसैबीच गढवा गाउँपालिकाले पनि साेही मुल्य बराबरको जस्तापाता प्रदान गरेको छ। उक्त गाउँमा गत वैशाख १६ गते आगलागी हुदा २६ घर मध्ये २३ घर जलेर नष्ट भएकाे थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे