LISTEN LIVE RADIO

राप्ती उद्योग वाणिज्य संघ भालुवाङको छैठौं साधारणसभा तथा अधिवेशन सम्पन्न



राप्ती उद्योग वाणिज्य संघ भालुवाङको छैठौं साधारणसभा तथा अधिवेशन सम्पन्न

भालुवाङ १ चैत्र । राप्ती उद्योग वाणिज्य संघ भालुवाङको छैठौं साधारणसभा तथा अधिवेशन शनिबार भालुवाङमा सम्पन्न भएको छ ।

संघका अध्यक्ष जगतप्रसाद पोख्रेलको अध्यक्षता एवम् नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माको प्रमुख अातिथ्यता र  राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको विशिष्ट अातिथ्यतामा सभा भएको हो । सभाको उद्घाटन प्रमुख अतिथि शर्माले गरेका थिए ।

उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरूले व्यापारीहरूको हकहित सँगै सामाजिक क्षेत्रमा उद्योग वाणिज्य संघले काम गर्नुपर्ने बताएका थिए ।

संघका वरिष्ठ उपाध्यक्ष टोपबहादुर कार्कीको स्वागत मन्तव्यबाट सुरू भएको सभामा राप्ती गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष ताराबहादुर डिसी, नेकपा एमालेका किरण भण्डारी, नेपाली कांग्रेसका दुर्योधन पाण्डे, नेकपा माअोवादी केन्द्रका धर्मराज अधिकारी, राष्ट्रिय जनमोर्चाका केशवराज खनाल, जनता समाजवादी पार्टीका गिरबहादुर जिएम, विप्लव नेतृत्वको नेकपाका धनीराम घर्ती, नागरिक समाज देउखुरीका संयोजक दामोदर भण्डारी, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका सदस्य ज्ञामुराम न्याैपाने, उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष केशवराज भण्डारी, दाङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसाल, देउखुरी उद्योग वाणिज्य संघ लमहीका अध्यक्ष खगेश्वर खनाल लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सभामा विभिन्न व्यकित्वहरूलाई सम्मान गरेका थिए । कार्यक्रमको सञ्चालन संघका सचिव टोपबहादुर झार्कीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे