LISTEN LIVE RADIO

शिवालय व्यवस्थापनमा सहयोग गर्ने दानवीरलाई शिवरात्रीकाे अवसरमा सम्मान



शिवालय व्यवस्थापनमा सहयोग गर्ने दानवीरलाई शिवरात्रीकाे अवसरमा सम्मान

लमही २७ फागुन । महाशिरात्री पर्वको अवसरमा शिवालय व्यवस्थापनमा सहयोग गर्ने दानविरलाई सम्मान गरिएको छ। लमही नगरपालिका ४ अर्नहवामा रहेको शिवालय मन्दिरमा रङ्ग रोहन गर्न झण्डै ५६ हजार सहयोग गर्ने मन्त्र गेष्ट हाउसका सञ्चालक ऋषिराम खनाल र उनकी श्रीमती रिता खनाल केसीलाई महाशिवरात्रीको अवसरमा मन्दिर व्यवस्थापन समितिले सम्मान गरेको हो।

आफ्नो श्रीमतीको जन्मदिन मनाउन गरिने अतिरिक्त खर्च मन्दिरमा दान गर्ने उदेश्यले रङ्गरोहनको खर्च व्यहोरिएको ऋषिराम खनालले बताए। यस्तै मन्दिर व्यवस्थापनको लागि नगद २५ हजार दान गर्ने वालाजी ओम मिडिया सर्भिसका सञ्चालक निरन्जन रेग्मी, मन्दिरमा खानेपानीको धारा व्यवस्थापन गर्न सहयोग गर्ने समाजसेवी वामदेव पौडेल र द्रोपदी पौडेलका छोरा सनमकुमार पौडेललाइ सम्मान गरिएको थियो। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गुञ्जबहादुर खड्का, सचिव कमल घिमिरे, सल्लाहकार दामोदर घिमिरे लगायतले सम्मान गरेका थिए। मन्दिरको गुरुयोजना निर्माण गर्ने र सोही अनुसार अन्य पूर्वाधार थप गर्दै लैजाने योजना समितिले राखेको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे