LISTEN LIVE RADIO

दाङका अर्जुन गिरी सामुदायिक रेडियो प्रशारक संघकाे केन्द्रिय अध्यक्षमा निर्वाचित



दाङका अर्जुन गिरी सामुदायिक रेडियो प्रशारक संघकाे केन्द्रिय अध्यक्षमा निर्वाचित

दाङ २७ फागुन । दाङका अर्जुन गिरी सामुदायिक रेडियो प्रशारक संघ (अकोराब)को केन्द्रीय अध्यक्षमा निर्वाचित भएका छन् । विहीबार भएको निर्वाचनबाट रेडियो तुलसीपुर एफएमका स्टेशन म्यानेजर गिरी अध्यक्षमा निर्वाचित भएका हुन् । जम्मा एकसय ७८ मत खसेकोमा गिरीले एकसय ६२ मत प्राप्त गरेका थिए । उनका प्रतिद्वन्दी कपिलदेव खनालले १४ मत ल्याएका थिए, भने ३ मत बदर भएका थिए ।

उनी यस अघि बरिष्ठ उपाध्यक्ष थिए ।साथै केन्द्रीय सदस्यमा दाङबाट तीन जना निर्विरोध निर्वाचित भएका छन् । रेडियो प्रकृतिका संगीत बस्याल, रेडियो हाम्रोे पहुँचका शुक्रराज भण्डारी र रेडियो झरणाका रोशनमान श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । अध्यक्ष बाहेक अन्य सबै पदमा निर्वारोध भएको हो ।

वरिष्ठ उपाध्यक्षमा बिष्णुदत्त अवस्थी, महिला उपाध्यक्ष बन्दना दनुवार, समावेशी उपाध्यक्षमा भुवन सिंह, निमेष कर्ण र मिलन गाहा, महासचिवमा किशोरजंग थापा, कोषाध्यक्षमा सरोज पौडेल र सचिवमा सुदर्शन खतिवडा निर्विरोध निर्वाचित हुनुभएको छ । त्यस्तै सातौं अधिवेशनबाट केन्द्रिय सदस्य र प्रदेश कमिटी पनि निर्विरोध चुनिएका छन् । त्यस्तै अकोराब लुम्बिनी प्रदेशको सचिबमा रेडियो हापुरेका बालकृष्ण पाण्डे निर्विरोध भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे