LISTEN LIVE RADIO

दाङमा मोटरसाईकल र ट्याक्टर ठोक्किदा दुईजनाको मृत्यु



दाङमा मोटरसाईकल र ट्याक्टर ठोक्किदा दुईजनाको मृत्यु

तुलसीपुर २४ माघ । दाङमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुरबाट श्रीगाउँतर्फ जाँदै गरेको रा १ त ३४४१ नम्बरको ट्याक्टर र विपरितदिशाबाट आउँदै गरेको रा ६ प १४३४ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाईकलको पछाडी सवार दंगीशरण गाउँपालिका वडा नं. ४ हेकुली निवासी २६ बर्षीय दिनेश खड्का र २५ बर्षीय विवेक थापाको मृत्यु भएको हो ।

शुक्रबार राति सवा ९ बजेतिर तुलसीपुर उपमहानगरपलिका वडा नं. २ लौवस्थामा भएको दुर्घटनामा परि गम्भीर घाइते भएका दुबै जनाको कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा परि घाईते भएका मोटरसाईकल चालक दंगीशरण गाउँपालिका वडा नं. ५ रावतगाउँ निवासी २४ बर्षीय आकाश कडेलको कोहलपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए । मोटरसाईकलमा तीन जना यात्रु सवार थिए । ट्याक्टर चालकको अबस्था भने सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे