LISTEN LIVE RADIO

देउखुरीकाे लमहीमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगीता सुरु, लुम्बिनी प्रदेश र प्रदेश नम्बर २ बीच सुरु



देउखुरीकाे लमहीमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगीता सुरु, लुम्बिनी प्रदेश र प्रदेश नम्बर २ बीच सुरु

लमही ११  पुस ।  लमहीमा प्रधानमन्त्री कप महिला राष्ट्रिय खेलकुद (टी–ट्वेन्टी) क्रिकेट प्रतियोगिता सुरु भएको छ। पहिलो खेल लुम्बिनी प्रदेश र प्रदेश नम्बर २ को बिचमा सुरु भएको हो । टस जितेर लुम्बिनी प्रदेशले फिल्डिङ रोजेको हो । लुम्बिनी प्रदेशकि टिम क्याप्टेन नेरि थापा र दुई नम्बर प्रदेशकी क्याप्टेन सरस्वती चौधरीको बिचमा टस गराइएको थियो । थापाले टस जितेपछि फिल्डिङ रोजेकी हुन् ।

देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने प्रतियोगिताको पहिलो दिन शनिबार दुई खेल हुनेछ । उद्घाटन खेलमा लुम्बिनी प्रदेशले प्रदेश २ को सामना गर्दैछ । दिउँसो १ बजे हुने दोस्रो खेलमा डिफेन्डिङ च्याम्पियन विभागीय टोली एपीएफले कर्णाली प्रदेशको सामना गर्नेछ  प्रतियोगितामा ७ प्रादेशिक टोलीसँगै विभागीय टोली एपीएफको सहभागिता छ । टिमहरुलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा एपीएफ, प्रदेश नम्बर २, कर्णाली र लुम्बिनी प्रदेश रहेका छन् । समूह ‘बी’ मा सुदूरपश्चिम, बागमती, गण्डकी र प्रदेश नम्बर १ रहेको छ । यसरी समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाइनलका दुवै खेल १८ गते हुनेछ । प्रतियोगिताको फाइनल खेल १९ गते हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ५ लाख प्राप्त गर्नेछ । भने उपविजेता टोलीले ३ लाख, त्यसैगरी सेमिफाइनलबाट बाहिरिएका दुई टोलीले समान २५ हजार प्राप्त गर्नेछन् । यस्तै विधागततर्फ सर्वोउत्कृष्ट खेलाडीले २१ हजार, उत्कृष्ट ब्याट्सवुमनलेले १० हजार, उत्कृष्ट बलरले ५ हजार र हरेक खेलका प्लेयर अफ द म्याचले २ हजार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे