वडा सदस्य प्रमोद बस्नेतलाई फसाउन खोजिएको घटना प्रति तरुणदल राप्तीको आपत्ती



वडा सदस्य प्रमोद बस्नेतलाई फसाउन खोजिएको घटना प्रति तरुणदल राप्तीको आपत्ती

भालुवाङ ३२ जेठ । राजपुरको वडा नम्बर ७ मा बैसाख ३१ गते भएको घटना प्रती नेपाल तरुणदलले ध्यानाकर्षण भएको जनाएको छ ।

उक्त घटनालाई लिएर वडा सदस्य प्रमोद बस्नेतलाई नियोजित तवरबाट फसाउन खोजिएको आरोप लगाएको छ । नेपाल तरुणदल राप्ती गाउँपालिका समितीले शुक्रबार भालुबाङमा पत्रकार सम्मेलन गर्दै नियोजित फसाउन खोजिएको आरोप लगाएको हो । उक्त घटना भएको दिन वडाको नियमित बैठक भएकाले वडाध्यक्ष पुष्कर ओलीले सदस्य बस्नेतलाई वडा कार्यालयमा बोलाएका थिए ।  सोही समयमा अतिरन्जित घटना घटाएको र घटना स्थल मुचुल्कामा वडा अध्यक्षको कार्यकक्षमा नियोजित तरिकाले फलामको रड राखी मुचुल्का खडा गरी सदस्य बस्नेतलाई फसाउने योजना बनाएको नेपाल तरुण दलले ठहर गरेको बताएको छ ।

सोही समयमा माबि सिक्टाका प्रधानाध्यापक बिष्णु खत्रि र प्रमोद बस्नेत बिच बिद्यार्थीबाट शुल्क उठाएको प्रती भनाभन र हातहालाहाल सम्मको घटना घटेको थियो । वडाको बैठकमा स्कूल समयमा प्रअ विष्णु खत्री वडा कार्यालयमा आउनुको कारणलाई पनि तरुणदलले आपत्ती मानेको छ । राजपुर गाउँपालिकाले निशुल्क शिक्षा दिने निर्णयलाई समेत मावि सिक्टाका प्रअ खत्रीले पालना नगरेको भन्दै वडा सदस्य बस्नेतले स्थानिय सरकारको निर्देशनलाई पालना गर्नुपर्ने र हालसम्म विद्यार्थी संग उठाएको शुल्क फिर्ता गर्नुपर्छ भन्दा प्रअ खत्रीले त सामान्य पाजी वडा सदस्यले भनेको मान्छु त्यरो हैसियत केछ? म अझैपनि शुल्क उठाउछु तैले के गर्न सक्छस् गर भन्दै चर्को शैलीमा प्रस्तुत भएको बिज्ञप्तीमा उल्लेख छ ।

भनाभनको अबस्थालाई प्रतिवाद नगरि वडाध्यक्ष पुस्कर ओलिले आफै स्कुलमा शुल्क उठाउन लगाएको भन्ने सम्मको अभिव्यक्ति दिएको घटनाले वडा अध्यक्ष ओलि र प्रअ खत्रीको सुनुयोजित योजना प्रस्ट हुन्छ हुने तरुणदलले ठहर गरेको छ । नेपाल सरकार र स्थानिय सरकारबाट निर्देशित नियम कानून लागू नगर्नेलाई नियमन गर्नु स्थानिय सरकारको दायित्व हो वा होईन? यसमा सम्बन्धित निकायको ध्यान जाओस भनि नेपाल तरुणदलले माग समेत गरेको छ ।तरुणदल राप्तीका अध्यक्ष मोहन श्रेष्ठद्वारा हस्ताक्षेरित बिज्ञप्तीमा सामान्य भनाभन हुदै गर्दा प्रअ खत्रीले वडा सदस्य रेवती वलीको झोला प्रहार गरेको र वडा अध्यक्षको टेबुलमा रहेको पन्चिङ मेसिनले प्रहार गर्दा वडा सदस्य बस्नेतको दाहिने हातको कान्छि औंलामा चोट लागेको र अझै प्रअ खत्रीले बस्नेत माथी जाईलाग्दा आत्मरक्षा गर्ने क्रममा सामान्य धकलपकल मै आफै लडेको वडा सदस्य धनि प्रसाद र रेवतीवलीको भनाइबाट प्रस्ट हुने नेपाल तरुणदले ठहर गरेको छ ।

साथै नेपालको संविधानले बालबालिकाको निशुल्क शिक्षाको ज्ञारेन्टी गरेको अवस्थामा पालिकाको निर्णयलाई समेत धज्जी उडाई यता अध्यक्ष पुस्कर वली र विष्णु खत्रीले कानूनको पालना नगरेको हाम्रो ठहर रहेको बिज्ञप्तीमा भनिएको छ । विगतकामा सोही वडाका निवर्तमान् ध्यक्ष भिम बहादुर खड्‌कालाई कार्य कक्षमै गाली गलौच धाक धम्की दिएको घटना सर्वविदितै छ । निज प्रअले आफ्नो मनोमानी तरिकाले गाउँपालिकाले पठाएको शिक्षकलाई हाजिरी नगरी आफ्नो आफन्त तथा आफूले ल्याएको शिक्षकलाई हाजिर गराउँदापनि स्थानिय सरकार मौन रहेको नेपाल तरुणदन राप्तीले ठहर गरेको छ ।

बिज्ञप्तीमा स्थानिय सरकार, जिल्ला प्रशासन कार्यालय दाङ र प्रहरी कार्यालय दाङ सँग घटनाको सत्यतथ्य पत्ता लगाई दोशीलाई कारबाहीको माग गरिएको छ । घटनाको प्रत्यक्ष दर्शी वडा सदस्यद्वय रेवती वली र धनी प्रसाद खड्का सँग घटनाबारे जानकारी लिन जोडदार माग गरिएको छ । तरुणदल राप्तीका अध्यक्ष मोहन श्रेष्ठको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा तरूण दल राप्तीका उपाध्यक्ष घनश्याम पोख्रेल, सचिव सुमन्त भुसाल, लुम्बिनी प्रदेश तरूण दल विभाग सदस्य टिकाबहादुर पुन लगायत सदस्यहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे