अत्यधिक गर्मी तथा तातो हावाबाट सुरक्षित रहन नागरिक समाज दाङको आग्रह



अत्यधिक गर्मी तथा तातो हावाबाट सुरक्षित रहन नागरिक समाज दाङको आग्रह

दाङ ३२ जेठ । नागरिक समाज दाङले पछिल्लो समय अत्यधिक गर्मी तथा तातो हावा चलिरहेको र त्यसले स्वास्थ्यमा असर पर्न सक्ने भएकोले सुरक्षित रहन आम नागरिकहरूलाई आग्रह गरेको छ ।

समाजका दाङ जिल्ला संयोजक निमबहादुर थापा र सचिव नारायण श्रेष्ठले एक प्रेस विज्ञप्ति जारी गरि यस्तो आग्रह गरेका हुन् । नेपालमा मनसुन भित्रिन ढिलो भएको कारण सुदूर पूर्वका केही जिल्ला बाहेक तराई मधेश क्षेत्रका अधिकांश भूभागमा अत्यधिक गर्मी र तातोहावा चलिरहेको छ । यसले गर्दा विभिन्न स्थानमा विद्यार्थीहरु बेहास हुने,कामदारहरु यथास्थानमा ढल्ने,बृद्ध बृद्धा,बालबालिका र कमजोर स्वास्थ्य रहेका नागरिकहरुको स्वास्थ्यमा गम्भीर असर परेका समाचारहरु सार्वजनिक भएका छन् ।

यस बिषयमा स्यास्थ्य विज्ञहरुले सचेत रहन आह्वान गरेको सम्पूर्ण देशबासी नागरिकहरुमा समाजले सचेत गराएको छ ।
अतः मनसुन नभित्रिदा सम्म अत्याबश्यक काममा बाहेक बाहिर ननिस्कने,रुखको छाहारीमा बस्ने,बालबालिकाहरुलाई जथाभावी खेल्न र हिडडुल गर्न नदिने, कमजोर जेष्ठ नागरिकहरुलाई शितलो ठाउँमा बसालेर सचेतना दिने, श्रमिक मजदुरहरुले बिहान र साँझमामात्र काम गर्ने, धेरै पानी पिउने, सन्तुलित खानामात्र खाने गर्नु एवं गर्न लगाउनु हुन सबै नागरिकहरुमा हार्दिक अपिल गरेको छ । साथै स्थानीय सरकार, स्वास्थ्य संस्थाहरु, ग्रामिण स्वास्थ्य कार्यकता, शिक्षक, अभिभावक एवं सचेत नागरिकहरुमा नागरिक समाज दाङले सचेत गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे