सडक मानवहरुको सहयोगार्थ देउखुरी बैंकर्सले ग¥यो निलसागरमा खाद्यान्न सहयोग



सडक मानवहरुको सहयोगार्थ देउखुरी बैंकर्सले ग¥यो निलसागरमा खाद्यान्न सहयोग

भालुवाङ १२ असोज । सडक आश्रित मानवहरुको सहयोगार्थ देउखुरी बैंकर्सले शनिवार निलसागर सेवा आश्रममा खाद्यान्न सहयोग गरेको छ ।

लक्ष्मी सनराइज बैंक लमही शाखा प्रबन्धक सुजित अर्यालले गत भदौ ३१ गते परेको आफ्नो ४० औं जन्म दिनको अवसरमा देउखुरी बैंकर्सलाई खाद्यन्न उपलब्ध गराएका थिए । त्यहि खाद्यान्न लिएर बैंकर्सले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत शनिबार राप्ती गाउँपालिका– ८ पिपरीमा रहेको आश्रममा गएर २५ हजार बराबरको चामल र दाल सहयोग गरेको देउखुरी बैंकर्सका अध्यक्ष तथा सांग्रिला बैंक गढवा शाखा प्रबन्धक तेजबहादुर नेपालीले जानकारी दिएका छन् ।

देउखुरी बैंकर्सका अध्यक्ष तेजबहादुर नेपालीको अध्यक्षता एवम् राप्ती गाउँपालिका वडा नम्बर ८ का कार्यवाहक वडा अध्यक्ष चम्फा पुनको प्रमुख आतिथ्यता तथा निलसागर सेवा आश्रमका कार्यवाहक अध्यक्ष गरिवु चौधरीको विशिष्ट आतिथ्यतामा सो खाद्यन्न सहयोग गरिएको हो । कार्यक्रममा एनआइसी एसिया बैंक लमही शाखा प्रबन्धक विशालसिंह कार्की, सहयोगी दाता सम्झना मरासिनी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । देउखुरी बैंकर्सका उपाध्यक्ष तथा कर्णाली डेभलपमेन्ट बैंक शाखा लमहीका प्रबन्धक सागर थापाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन देउखुरी बैंकर्सका सचिव देवबहादुर खड्काले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे