देउखुरीकाे माैरीघाटमा देउखुरी लघुवित्त कर्मचारी मञ्चद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न



देउखुरीकाे माैरीघाटमा देउखुरी लघुवित्त कर्मचारी मञ्चद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
भालुवाङ ३२ जेठ । देउखुरी लघुवित्त कर्मचारी मञ्च देउखुरी, दाङको आयोजनामा वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम शुक्रबार राप्ती गाउँपालिका-४ माैरीघाटमा सम्पन्न भएको छ ।
मञ्चका अध्यक्ष दिपेश पुन मगरको अध्यक्षता एवम् प्रहरी चाैकी मसुरीयाका प्रहरी सहायक निरिक्षक खेमराज खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम बोल्ने वक्ताहरूले उद्देश्य अनुसार ऋणको प्रयोग गर्न महिला दिदीबहिनीहरूलाई आग्रह गरेका छन् ।  पछिल्लो समय गहना किन्न, विवाह तथा घरयासी प्रयोजनमा निकालिएको ऋण प्रयोग गर्दा महिलाहरू ऋणमा डुवेको घटनाहरू बेला बखतमा सुनिने गरेको वक्ताहरूले बताएका छन् । त्यस्तै वक्ताहरूले बैंक तथा वित्तीय कारोबार गर्दा कालोसुचीबाट बच्न सवैले ध्यान दिनुपर्ने बताएका थिए ।
कार्यक्रममा मञ्चका सदस्यहरू दशरथ चाैधरीले लघुवित्तको विकासक्रम, ललित बहादुर वलीले वित्तीय साक्षरता सम्बन्धि र बैंकिङ कसुर कालो सुचिका विषयमा  खेमानन्द तिवारीले सहजीकरण गरेका थिए । कार्यक्रममा देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता, समाचारदाता मोतीराम भट्टराई लगायतको विशेष उपस्थिती रहेको थियो । ५० जना महिलाहरूको सहभागीता रहेको कार्यक्रममा स्वागत मन्तव्य मञ्चका कोषाध्यक्ष पवित्रा गिरीले गरेका थिए भने कार्यक्रमको सञ्चालन मञ्चका सचिव सन्तोष पाैडेलले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे