LISTEN LIVE RADIO

लुम्बिनीमा मन्त्रालय बाँडफाँड टुगियाे, आजै मन्त्री मण्डल बिस्तार गर्ने तयारी



लुम्बिनीमा मन्त्रालय बाँडफाँड टुगियाे, आजै मन्त्री मण्डल बिस्तार गर्ने तयारी

भालुवाङ ६ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जाेखबहादुर महराले आज सरकार बिस्तारकाे तयारी गर्नु भएकाे छ । संसदकाे बिषयगत समितीकाे सभापति टुङ्गिए लगत्तै मुख्यमन्त्री महराले सरकार बिस्तारकाे तयारी गर्नु भएकाे हाे ।

यसैबीच लुम्बिनी प्रदेश सरकार बिस्तारका लागि मन्त्रालय बाँडफाँडमा सहमति जुटेकाे छ । आज बिहान मुख्यमन्त्री कार्यालयमा बसेकाे दलहरूकाे बैठकले मन्त्रालय बाँडफाँट टुङ्गाएकाे मुख्यमन्त्री कार्यालय स्राेतले जनाएकाे छ ।

अब बन्ने लुम्बिनी प्रदेश सरकारमा एमालेले ५, माओवादीले मुख्यमन्त्री सहित थप २, नागरिक उन्मुक्ति, जसपा र स्वतन्त्र सांसदले एक/एक मन्त्रालय लिने गरी सहमति भएकाे मुख्यमन्त्री कार्यालय स्राेतले जनाएकाे छ ।

यसैबीच मुख्यमन्त्री महराले आजै नै मन्त्रीहरू नियुक्ति गरेर सपथ ग्रहण गराउने तयारीमा लाग्नु भएकाे छ । मन्त्रालय बाँडफाँड टुङ्गिए संगै आज नै सरकारलाई पूर्णता दिने तयारीमा मुख्यमन्त्री लाग्नु भएकाे बताईएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे