LISTEN LIVE RADIO

रोटरी क्लव अफ राप्तीको प्रथम वार्षिकोत्सब : ३५ जनाले गरे रक्तदान



रोटरी क्लव अफ राप्तीको प्रथम वार्षिकोत्सब : ३५ जनाले गरे रक्तदान

भालुवाङ २९ चैत । दाङ देउखुरीको भालुवाङमा बिहिबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

राप्ती गाउँपालिकामा रहेको रोटरी क्लव अफ राप्तीको पहिलो वार्षिकोत्सबको अवसरमा रोटरीले राप्ती गाउँपालिका र होटल पाैवा भालुवाङको सहयोग तथा रक्त सञ्चार सेवा केन्द्र लमहीको प्राविधिक सहयोगमा भालुवाङ पुल्चोक स्थित ग्रिनपार्कमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

रक्तदान जीवन दान भन्ने मुल नाराका साथ भएको खुल्ला रक्तदान कार्यक्रममा महिला, पुरूष गरि ३५ जनाले रक्तदान गरेका थिए । दाङमा रगत अभाव हुन नदिन रक्तदान गरिएको क्लवका अध्यक्ष बासुदेव न्याैपानेले जानकारी दिएका छन् । रगत दानले कुनै मानवको ज्यान बाँच्छ भने रगत दाननै सवै भन्दा पुण्यको काम अरू कुनै चिज हुन नसक्ने रक्त सञ्चार सेवा केन्द्र लमहीकी प्रमुख मनिषा चन्द ठकुरीले बताएकी छिन् । रगत दानले शरिरलाई फाइदा हुने हुँदा समय समयमा रगत दान गर्न आवश्यक रहेको चन्दले बताइन् ।

पुरूषले ३/३ महिनामा र महिलाले ४/४ मा रगत दान गर्नु पर्छ । दिर्घरोगी, प्रेसर तथा नियमित औंषधी सेवन गर्ने र १८ वर्ष मुनिकाले बाहेक स्वस्थ मानिसले रगत दान गर्न मिल्ने चन्दले बताएकी छिन् । कार्यक्रममा रक्त सञ्चार सेवा केन्द्र लमहीकी प्रमुख मनिषा चन्द ठकुरी, रक्त सञ्चार सेवा केन्द्र घोराहीका प्राविधिक दिलिप चाैधरी, प्राविधिकहरू सिमा वलीले सेवा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे