LISTEN LIVE RADIO

राजपुर गाउँपालिका र विभिन्न संस्थाद्वारा मुङ्ग्रेठाका अग्नि पीडितलाई राहत प्रदान



राजपुर गाउँपालिका र विभिन्न संस्थाद्वारा मुङ्ग्रेठाका अग्नि पीडितलाई राहत प्रदान

दाङ १५ चैत । देउखुरीको राजपुर गाउँपलिका र विभिन्न संघ,संस्थाले पालिकाको वडा नम्बर ४ मुङ्ग्रेठा खोलाका अग्नि पीडितलाई बुधबार राहत प्रदान गरेको छ ।

यहीँ चैत ६ गते आगलागीबाट खिमराज साहु,निर्मला भण्डारी,झुपलाल रानाको घर,गोठ जलेर नस्ट भएपछि घर बिहिन भएका अग्नि पीडितहरुलाइ सम्पूर्ण निकायबाट संकलित भएको नगद सहितको राहत गाउँपालिका मार्फत प्रदान गरिएको हो । राजपुर गाउँपालिकाले दुई घरलाई २ सेटका दरले फाइबर सिरक,वडा नम्बर ४ ले नगद १२ हजार र नेपाल रेडक्रस सोसाइटी दुलैया उपशाखा राजपुर दाङले दुई सेटका दरले त्रिपाल,बाल्टिन,कम्बल, लत्ताकपडा,भाडाकुडा दिएको छ । गाउँपालिकाद्वारा संचालित भित्ता परियोजना अन्तर वडा नम्बर १ देखि ७ नम्बर भित्रमा गठित ५२ वटा समूहले संकलन गरेको ६३ हजार पाँच सय ८० प्रदान गरिएको छ ।

त्यस्तै मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र राजपुरले १ सेटका दरले त्रिपाल, म्याट,बाल्टिन, हाइजिन,झुल गरि ४ सेट दिएको छ भने खुमबहादुर फाउन्डेसनबाट कपडा,जुत्ताहरु उपलब्ध गराइएको छ । यसैगरी ग्रामीण महिला उत्थान र सिपि नेपालले बालबालिकाका लागि स्टेसनरीका सामनाहरु उपलब्ध गराएको छ । त्यस्तै आगलागी घटनामा जलेर घाइते भएकी दुजा बुढा मगरलाई वडा पालिकाले ५ हजार र भित्ता परियोजनाले ५ हजार गरि दश हजार उपचार खर्च माथि उल्लेखित रकम मार्फत प्रदान गरेको हो । त्यस्तै उक्त राहत प्रदान गर्दै राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीले आगलागीबाट घर बास बिहिन भएका अग्नि पीडितलाई धैर्यता अपनाउन आग्रह गरेका छन् । अचानक भएको आगलागी घटनाबाट आफू धेरै दुखि भएको र अग्नि पीडितलाई सक्दो पालिका लगायत अन्य संघ, संस्थाबाट दुखको क्षदमा मलम लगाउने प्रयास गरिएको बताए ।

यस्तै जिल्ला र प्रदेशका विपद व्यवस्थापन निकायलाई पालिकाबाट पत्राचार गरिसकेको हुँदा अब उक्त निकायहरुबाट पनि तत्काल सहयोग आउने अध्यक्ष बुढाथोकीले जानकारी दिए । राहत प्रदान गर्ने कार्यमा सहयोग गर्ने सम्पूर्ण संघ,संस्थालाई धन्यवाद दिदै अध्यक्ष बुढाथोकीले अहिले हावाहुरी चल्ने र खडेरीको समय भएको हुँदा सलाई,लाईटर जस्ता पदार्थहरु आफ्नो बालबच्चाको पहुँच भन्दा टाढा राखेर आगलागी घटनाबाट जोगिन पालिका बासीलाई आग्रह समेत गरेका छन् ।

त्यस्तै उपाध्यक्ष धनपती यादवले आगामी दिनमा निरन्तर यस्ता घटनाहरुमा पालिका सधै साथमा रहने बताए । यस्तै वडा नम्बर ४ का वडा अध्यक्ष रामेश्वर यादवले वडाबाट नगद संकलन गरि प्रदान गरेको र आउदो दिनमा पनि सहयोग गर्ने बताए । यस अघि पालिकाले आगलागी भएको दिननइ तत्काल खाद्यान्नहरु उपलब्ध गराएको थियो । यस्तै उक्त गाउँमा रहेको ज्यामिमे सामुदायिक वनबाट घर बनाउदा लाग्ने सम्पूर्ण काठहरु नि:शुल्क उपलब्ध गराउने समूहका सल्लाहकार गिरराज खड्काले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे