LISTEN LIVE RADIO

गढवाको मलमलामा २ घरमा आगलागी लाखौंको क्षति



गढवाको मलमलामा २ घरमा आगलागी लाखौंको क्षति

गढवा १० चैत । गढवा गाउँपालिका वडा नम्बर १ मलमलामा शनिबार आगलागी भएको छ। आगलागीबाट करिब ६ लाख बराबरको क्षती भएको ईलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।

आगलागीबाट गढवा गाउँपालिका वडा नम्बर १ मलमला निवासी बाटुली कुमालको कच्ची घर र घरमा भएको लत्ता कपडा भाँडा वर्तन, खाद्यान्न जलेर नष्ट भएको छ। आगलागीमा परेर गोठमा बाधिएर रहेका दुई गोरु, दुई बाख्रा र एक खसी गरी अन्दाजी ६ लाख बराबरको क्षती भएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन वलीले जानकारी दिएकी छिन्।

त्यसैगरी आगलागीबाट मलमला निवासी कालु कुमालको कच्ची भान्सा घर र एक बाख्रा, लत्ताकपडा अन्नपात गरी करिब २ लाख बराबरको क्षेती भएको प्रहरी निरीक्षक वलीले जानकारी दिइन्। हावाहुरीको कारण विजुलीको तार सर्ट भई आगोको झिल्को निस्किन गई नजिकै रहेको घरहरुमा आगलागी हुँदा घरगोठ लत्ता कपडा तथा पशु चौपाय जलि नष्ट भएको प्रहरी निरीक्षक वलीले जानकारी दिइन्। आगलागी भएको जानकारी पाउनसाथ शसस्त्र प्रहरी बल भालुवाङ, इलाका प्रहरी कार्यालय गढवा, प्रहरी चौकी कालाकाटे, गढवा गाउँपालिकाको दमकल र स्थानीयहरुको सक्रियतामा आगोलाई नियन्त्रणमा लिईएको बताईएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे