LISTEN LIVE RADIO

गढवामा आयोजित दाेस्राे गाउँपालिका स्तरीय फुटबल प्रतियोगिताकाे उपाधी राप्ती गाउँपालिकालाई



गढवामा आयोजित दाेस्राे गाउँपालिका स्तरीय फुटबल प्रतियोगिताकाे उपाधी राप्ती गाउँपालिकालाई

देउखुरी २७ फागुन । देउखुरीकाे गढवा गाउँपालिकाले स्थापना दिवसको अवसरमा आयोजना गरेको दाेस्राे गाउँपालिका स्तरीय फुटबल प्रतियोगिताकाे उपाधी राप्ती गाउँपालिकाले हात पारेको छ ।

आइतवार जनता माध्यमिक विद्यालय गढवाकाे खेलमैदानमा भएको फाइनल खेलमा लमही नगरपालिकालाई ५-१ काे फराकिलो गोल अन्तरले हराउँदै राप्ती गाउँपालिकाले उपाधी जितेको हो । राप्ती गाउँपालिकालाई जित दिलाउन वडा नं. ३ का वडा अध्यक्ष तथा टिम क्याप्टेन उमेश अधिकारी सहित राजेश चाैधरी र लक्ष्मण चाैधरीले १/१ गाेल गरेका थिए भने शाेभाराम चाैधरीले २ गाेल गरेका थिए ।

विजेता टिमले ट्रफि, मेडल, प्रमाणपत्र सहित नगद १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। त्यस्तै उत्कृष्ट खेलाडीकाे रुपमा राप्ती गाउँपालिकाका शाेभाराम चाैधरी सम्मानित भएका छन् । खेल अवधिभर रेफ्रीकाे भूमिकामा एन्फा रेफ्री
देव नारायण दाहाल, माेहन गाैतम र आदित्य केसी रहेका थिए । गाउँपालिकाले आफ्नो स्थापन दिवसको अवसरमा गत फागुन २२ गतेदेखि गाउँपालिका स्तरीय, वडा स्तरीय, विद्यालय स्तरीय र विभिन्न संघसंस्थाहरु बीच महिला तथा पुरुष फुटबल, भलिबल, क्रिकेट लगायत विभिन्न खेलकुद प्रतियोगिताहरु सञ्चालन गर्दै आएको थियो ।

यसैबीच खेलकुद प्रतियोगिताको आइतबार गढवा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष शारदा कुमारी चाैधरीकाे अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा समापन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे