LISTEN LIVE RADIO

लुम्बिनीमा माओवादीद्वारा सरकारलाई दिएकाे समर्थन फिर्ता



लुम्बिनीमा माओवादीद्वारा सरकारलाई दिएकाे समर्थन फिर्ता

दाङ २३ फागुन । लुम्बिनी प्रदेशमा माओवादी केन्द्रले सरकारलाई दिएका् समर्थन फिर्ता लिएकाे छ । मुख्यमन्त्री डिल्लीबहादुर चाैधरी नेतृत्वकाे सरकारलाई दिएकाे समर्थन माओवादी केन्द्रले फिर्ता लिएकाे हाे । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशसभा संसदीय दलले संसद सचिवालयलाई पत्र लेखेर सरकारलाई दिएकाे समर्थन फिर्ता लिएकाे हाे ।

मुख्यमन्त्री चाैधरीले माओवादी  केन्द्रबाट बनेका दुई जना मन्त्रीलाई बर्खास्त गरेपछि माओवादी केन्द्रले सरकारलाई दिएकाे समर्थन फिर्ता लिएको छ । यस्तै लुम्बिनी प्रदेशबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चाैधरी नेतृत्वमा रहेकाे सरकारबाट समर्थन फिर्ता लिदै माओवादी सरकारबाट बाहिरिएको हाे ।

बैशाख १४ गते डिल्लीबहादुर चाैधरी मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे थियाे । माओवादी केन्द्रलगायत ८ राजनितीक दलकाे समर्थनमा सरकार बनेकाे थियाे ।
केन्द्रीय राजनितीमा आएकाे फेरबदलका कारण लुम्बिनीमा पनि एमाले-माओवदी लगायत दलकाे सरकार बनाउन गृहकार्य सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे