LISTEN LIVE RADIO

पिछडा वर्ग महासंघ दाङको प्रथम जिल्ला सम्मेलन घोराहीमा सम्पन्न, अध्यक्षमा बैश्य चयन



पिछडा वर्ग महासंघ दाङको प्रथम जिल्ला सम्मेलन घोराहीमा सम्पन्न, अध्यक्षमा बैश्य चयन

देउखुरी १५ माघ । नेकपा एमाले निकट अखिल नेपाल पिछडा वर्ग महासंघ नेपाल दाङको प्रथम जिल्ला सम्मेलन हालै दाङको घोराहीमा सम्पन्न भएको छ । महासंघका दाङ कार्यक्रम संयोजक रामवरण बैश्यको अध्यक्षता एवम् नेकपा एमालेका केन्द्रिय सदस्य भागवत विश्वासीको प्रमुख आतिथ्यता तथा आर्का केन्द्रिय सदस्य साजिदा सिद्धिकीको बिशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो ।

कशौधन बिरादरी समाज घोराहीका महासचिव महेश गुप्ताको स्वागत मन्तव्यबाट शुरु भएको सम्मेलनमा महासंघका केन्द्रिय सचिवालय सदस्य सञ्जयकुमार गुप्ता, नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य सुरामणि बेल्बासे, पार्टीकी प्रदेश कमिटी सदस्य तथा घोराही उप—महानगरपालिकाकी उप—मेयर हुमा डिसी, प्रदेश कमिटी सदस्य रामदयाल गुप्ता, राष्ट्रिय महिला आयोगकी पूर्व सदस्य धनश्वरी चौधरी, नेकपा एमाले जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेत, पार्टीका जिल्ला सचिव मनोहर बुढाथोकी र गढवा गाउँपालिकाका पूर्व अध्यक्ष सहजराम यादव लगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सम्मेलनको उद्धाटन—सत्र कार्यक्रमको सञ्चालन पिछडावर्ग अभियानकर्मी बिनोदकुमार कशौधनले गरेका थिए ।

यसैबीच सम्मेलनको बन्दसत्रले रामबरण बैशयको अध्यक्षतामा २१ सदस्य जिल्ला समिती सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा माधवप्रसाद बनियाँ, सचिवमा बिनोदकुमार कशौधन, कोषाध्यक्षमा नरेन्द्र यादव, सदस्यहरुमा राजकुमार गुप्ता, सन्तोषकुमार गुप्ता, बासुदेब यादव, सनोज यादव, नबिन शर्मा, पारसराम यादव, सिता यादव, देब यादव र भानु यादव लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे