LISTEN LIVE RADIO

सामुदायिक वनको अधिकार प्राप्त नहुँदा सम्म मुलुकमा समृद्ध हुन सक्दैन : केन्द्रीय अध्यक्ष भण्डारी



सामुदायिक वनको अधिकार प्राप्त नहुँदा सम्म मुलुकमा समृद्ध हुन सक्दैन : केन्द्रीय अध्यक्ष भण्डारी

बुटवल ५ पुस । सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय अध्यक्ष ठाकुर भण्डारीले सामुदायिक वनको अधिकार प्राप्त नहुँदा सम्म समृद्धिको अभियानमा लाग्न नसक्ने बताएका छन् । बुटवलमा आज देखि शुरू भएको सामुदायिक वनको सवालमा प्रदेशस्तरिय क्षमता  अभिबृद्धि तथा रणनितिक योजना गोष्ठीको उद्घाटन गर्दै केन्द्रीय अध्यक्ष भण्डारीले यस्तो बताएका हुन् ।

उनले वनको अधिकार पूणर् रूपमा प्राप्त नहुँदै समृद्धिको अभियानको कुनै अर्थ नरहने तर्क गरे । मुलुकको समृद्धि वन र वातावरण संग जोडिएको छ । सामुदायिक वनका सवालमा थुप्रै अधिकार प्राप्त नभई सकेको अवस्थामा समृद्धि खोज्नु गलत हो, अध्यक्ष भण्डारीले भन्नू भयो । सरकार र राजनितिकदलहरूले अधिकार आन्दोलन सकिएको र अब समृद्धिको यात्रामा लाग्नु पर्छ भनिरहेको अवस्थामा हामी सामुदायिक वनका अधिकार प्राप्त गर्न बाँकी रहेकोले अधिकार प्राप्तीको आन्दोलन अझै पनि आन्दोलनमा रहेकोले समृद्धिको यात्रा पूणर्मा जोड्न सक्दैनौँ, अध्यक्ष भण्डारीले भने ।

जब सम्म स्थानीय समुदाय, दलित, आदीबासी, जनजाति, मधेसी, मुस्लिमको अधिकार सम्बोधन हुँदैन तब सम्म कुनैपनि हालतमा समृद्धिको यात्रामा तय गर्न नसक्ने बताए । अध्यक्ष भण्डारीले अधिकार प्राप्त नहुँदा सम्म समृद्धिको यात्रामा नलाग्ने अडान रहेको बताए । उनले सरकार र राजनितिक दलहरू संग अधिकारका बिषयमा जोडदार रूपमा आवाज उठाउँदै आईरहेको बताए ।

कार्यक्रमको प्रमुख अतिथी समेत रहेका अध्यक्ष भण्डारीले सामुदायिक वनका अधिकार कुण्ठित गरेर मुलुकमा समृद्धि प्राप्त नहुन नसक्ने ठोकुवा गरे । उनले जब सम्म वन पैदावार उपयोग हुन पाउँदैन तब मुलुकको समृद्धि हुनै नसक्ने जिकिर गरे । वन पैदवार उपयोगबाट मात्र मुलुकको समृद्धि हुने भएकोले सरकार र राजनीतिदलहरूले ध्यान दिन आग्रह समेत गरेका छन् ।

वन महासंघ लुम्बिनी प्रदेशकी अध्यक्ष कल्पना भण्डारीको अध्यक्षतामा भएको गोष्ठी उद्घाटन कार्यक्रममा विशिष्ट अतिथीको आसनबाट बोल्दै सामुदायिक वन उपभोक्ता महासंघकी निवर्तमान केन्द्रीय अध्यक्ष भारती पाठकले राज्य संग सामुदायिक वनको अधिकार प्राप्तीका लागि बहस तथा परवी गर्नका लागि रणनैतिक योजनाको महत्वपूणर् भुमिका रहने बताइन् । उनले केन्द्रले चार बर्षको रणनिति बनाएको बताउँदै उक्त रणनितिलाई प्रदेश, जिल्ला र स्थानीय वन महासंघ सम्म कार्यान्वयन गर्न जरूरी रहेको बताइन् । उनले केन्द्रमा तयार पारेको रणनीतिलाई प्रदेश, जिल्ला र स्थानीय महासंघ टेकेर चार बर्ष सम्म काम गर्नका लागि रणनैतिक योजना बनाउन लागेको बताइन् । निवर्तमान अध्यक्ष पाठकले रणनिति आफ्नो अनुहार हेर्ने जस्तो हुनुपर्ने बताए । सम्पूणर् वनकर्मीहरू आफ्नो अनुहार हेरको जस्तै दैनिक रणनैतिक योजना अध्ययन गरेर काम अगाडि बढाउन सुझाब दिए ।

महासंघका लुम्बिनी प्रदेश उपाध्यक्ष हुमनाथ भट्टराईको स्वागत मन्तव्यबाट शुरू भएको वन महासंघ लुम्बिनी प्रदेशका निवर्तमान महासचिव राममल्ल ठकुरीले सबै वनकर्मीहरू नयाँ उर्जाका सामुदायिक वनका सवालहरूमा गम्भीर भएर लाग्न सुझाब दिए । साथै उनले सामुदायिक वनका सवालमा संगठनका निति र बिधिमा वनका सवालमा सबै वनकर्मीहरू एक ढिक्का हुन आग्रह गरे ।

दुई दिन सम्म चल्ने गोष्ठीमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका वन महासंघका अध्यक्षहरू, प्रदेश समितीका पदाधिकारी र सदस्यहरू ५० जना बढीको उपस्थिति रहेको छ । गोष्ठीको प्रशिक्षकमा वन महासंघका केन्द्रीय अध्यक्ष ठाकुर भण्डारी, केन्द्रीय सचिव डिल्ली गिरी, निर्वतमान केन्द्रीय अध्यक्ष भारती पाठक र संघीय वन तथा वातावरण मन्त्रालयका सह-सचिव नवराज पुडासैनी  रहेका छन् । गोष्ठी उद्घाटन कार्यक्रमको सञ्चालन महासंघकी लुम्बिनी प्रदेश सचिव मधुकला कुँवरले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे