LISTEN LIVE RADIO

हिंसा पिडित महिलालाई प्रदेश सांसद शर्माद्वारा पक्की घर हस्तान्तरण



हिंसा पिडित महिलालाई प्रदेश सांसद शर्माद्वारा पक्की घर हस्तान्तरण

लमही १९ मंसिर लैंगिक हिंसा बिरुद्ध चलेकाे १६ दिने अभियानकाे क्रममा एक जना हिंसा पिडित महिलालाई पक्की घर निर्माण गरेर हस्तान्तरण गरिएको छ । हिंसा मुक्त समाज निर्माण गर्ने उदेश्यले प्रदेश सांसद रेवतीरमण शर्माले लैंगिक हिंसा पिडित महिलालाई पक्की घर हस्तान्तरण गरेका छन् ।

अहिले आफ्नै पक्की घरमा बस्न पाउँदा विबा खुसि छन् । शुक्रबार लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले लैंगिक हिंसा पिडित महिलालाई पक्की घर हस्तान्तरण गर्नु भएको हाे । जनता आवास कार्यक्रम मार्फत ३ लाख ३६ हजारकाे लागतमा निर्माण भएको पक्की घर हस्तान्तरण गरेका हुन् । कोही नहुनेहरुको लागि सरकार छ भन्ने महशुस जनता आवास कार्यक्रमले दिलाएको छ शर्माले भने, हिंसा मुक्त समाज निर्माणमा सरकारले ध्यान दिएकाे छ ।

अझै जनचेतना र सचेतनाकाे आवश्यकता छ । विबालाइ पक्की घर निर्माणमा समाजसेवी बिमला भट्टराई र सनम पाैडेलले निरन्तर पहल गरेका थिए । उनीहरुकाे पहलमा सांसद शर्माले साथ दिदै जनता आवास मार्फत पक्की घर निर्माण गर्ने निर्णय गरे । त्यसपछि जनता आवास कार्यक्रम मार्फत ३ लाख ३६ हजार रुपैयाँ अनुदानमा घर निर्माण गरेर हस्तान्तरण गरिएको हाे ।

घर हस्तान्तरण कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला सदस्य धुप नारायण चौधरी, पुर्व जनप्रतिनीधि गणेश चैधरी, लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका सचिव सनम पौडेल, नेपाल कम्युनिष्ट पार्टी लमही नगरपालिका वडा नम्बर ६ की वडा कमिटी सचिव अनिता शर्मा लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण दलित सचेतना अभियानका अध्यक्ष शशीराम नेपालीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे