LISTEN LIVE RADIO

विश्व युवा दिवस आजको आवश्यकता र युवा नेतृत्व



विश्व युवा दिवस आजको आवश्यकता र युवा नेतृत्व

संसारले युवाको महत्व बुझेर ठूल्ठूला कार्यहरू, विकासका लहरहरू र उर्जायुक्त दिवसहरू आँट्दासम्म पनि नेपालले आफ्ना युवाशक्तिलाई देशभित्रैका विभिन्न सम्भावनायुक्त क्षेत्रहरूमा अझै अटाउन सकेको छैन । हाम्रा युवाहरू मुख्यतः खाडी, कोरिया, जापानका देशमा पसिना बगाइरहँदा यता गाउँमा मलामी सम्मको जनशक्ति हम्मे-हम्मे परेको समाचार बेलाबखतमा सञ्चार माध्यमबाट आउने गरेका छन् ।

 सिर्जना थापा (सञ्चारकर्मी)

भनिन्छ- “युवा प्रकृतिका उपहार हुन् तर उमेर चाहिँ काम गर्ने कला हो ।” युवाको परिभाषा अनेक मुलुकका संवैधानिक व्यवस्था वा प्रतिवेदनका आधारमा तय भएका छन् । नेपालले पनि युवाका सन्दर्भमा मौलिक व्याख्या गरे कै छ । हाम्रो देशमा विविध अध्ययनपछि दस्तावेजहरूको मूल्यांकनका आधारमा १६ देखि ४० वर्षको उमेर समूहका व्यक्तिलाई युवा भनिएको छ ।

आज १२ अगस्ट अर्थात् विश्व युवा दिवस । विश्वमा विभिन्न जाति, भाषा, धर्म, क्षेत्र र समुदायका आ—आफ्नै संस्कृति र रितिरिवाज छन् । यिनीहरू भित्रबाटै केहीलाई विशिष्टीकृत गर्दै तिनलाई चाडपर्व, महोत्सव अथवा दिवसका रूपमा मान्यता दिइएको छ । जसलाई खुसी साट्ने माध्यमका रूपमा लिइन्छ । यसकै एउटा अंगका रूपमा लिन सकिन्छ, युवा दिवस ।

विश्व समाजको विविधता अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध, संगठनहरू र विश्व भूमण्डलीकरणले गर्दा कतिपय व्यवहार र नियममा युवाबारे एक रूपता छ । विश्व बैंक, संयुक्त राष्ट्र संघ लगायतका संस्थाका निणर्य यसका उदाहरण हुन् । संयुक्त राष्ट्र संघको सन् १९९९ को महासभाको निणर्यले अन्तर्राष्ट्रिय रूपमा युवा दिवस मनाउन थालिएको हो । यो निणर्यले युवाको सामाजिक पक्षमा जोड दिए पनि युवा दिवस राजनीतिक पक्षसँग बढी सम्बन्धित छ । अझ भन्ने हो भने युवा दिवसको स्थापना युवा आन्दोलनको विद्रोहको सफलतासँग जोडिएको छ ।

युवाहरूलाई परिवर्तनका संवाहक मानिएको किनभने परिवर्तनका लागि नयाँ सोंच, उर्जा, चेतना, मौलिकता अनि हक्की स्वभाव जस्ता अनेक तत्वहरूका समिश्रण चाहिन्छ र यसका लागि युवा अपरिहार्य छ । युवा अवस्थामा मान्छे पुराना भन्दा नयाँ, परिवर्तनकारी र आन्दोलनात्मक तरिका र कुनै पनि मुद्दाको अन्तिम नतिजा निकाल्ने कुरामा विश्वास राख्छन् । इतिहास साक्षी छ, युवाहरूको सहभागिताविना कुनै पनि आन्दोलन, परिवर्तन, युद्ध अनि विकास भएका छैनन् यसअर्थमा युवाशक्ति भनेको अवसर र सही अर्थमा परिचालन गर्न नसकिएमा चुनौति दुवै हुन् ।

यो दिवसले अन्तर्राष्ट्रिय जगतलाई सकारात्मक दिशातर्फ लैजान युवा सहभागितालाई थप सक्रिय गर्ने नव प्रवर्तनात्मक उपाय तथा हुनसक्ने परिवर्तनलाई पनि उजागर गर्छ । आजको युग भनेको जोश, जागरको युग हो । त्यस कारण आजको युवा भनेको यो देशका कणधार हुन् ।
नेपाली गाउँहरूमा आजभोलि पहिले जस्तो युवाहरूको संख्या बाक्लो देख्न कहाँ पाइन्छ र !

हाम्रा देशका युवाहरू गएका दशक देखि रोजगारी, अध्ययन तथा सम्भावना खोजीको शिलशिलामा विदेश जाने क्रम झन्झन् बढेको छ । संसारले युवाको महत्व बुझेर ठूल्ठूला कार्यहरू, विकासका लहरहरू र उर्जायुक्त दिवसहरू आँट्दासम्म पनि नेपालले आफ्ना युवाशक्तिलाई देशभित्रैका विभिन्न सम्भावनायुक्त क्षेत्रहरूमा अझै अटाउन सकेको छैन । हाम्रा युवाहरू मुख्यतः खाडी, कोरिया, जापानका देशमा पसिना बगाइरहँदा यता गाउँमा मलामी सम्मको जनशक्ति हम्मे-हम्मे परेको समाचार बेलाबखतमा सञ्चार माध्यमबाट आउने गरेका छन् ।

युवाहरू गहना हुन भने देशको सम्पत्तिलाई विदेशिनु नै नपर्ने वातावरण सृजना होस् । देशमा बढ्दो राजनीतिक सङ्कट, समाजका हरेक अन्तर्वस्तुमा हाबी भइरहने पारम्परिक चिन्तनलाई चिर्न भएपनि हाम्रो देशमा युवाशक्तिको सबैभन्दा बढी आवश्यक छ । पुल-पुलेसा, बाटो-घाटो अनि विभिन्न पुनर्निर्माण तथा विकासका अग्रगामी सोच र त्यो सोचमा भरपर्दो ताकत भरेर देशलाई समृद्ध बनाउन युवाहरूको भुमिका अपरिहार्य छ ।

युवा देशको वर्तमान र भबिष्य दुबै हो भन्नेमा दुई मत छैन । देश विकासको मेरुदण्ड मानिने युवा शक्ति दिनप्रतिदिन बिदेश पलायन ने नेपालको दुर्गति हो भन्नेमा कसैले नकार्न सक्दैन । नेपालमा मात्र होइन संसारका कुनैपनि मुलुकमा भएका ठूला—ठूला राजनीतिक, आर्थिक र सामाजिक रुपान्तरणको इतिहास कोट्याउने हो भने हामी त्यहाँ भएको युवा नेतृत्व र व्यापक युवा संलग्नताको उपज रहेको इतिहास पढ्न र सुन्न पाइन्छ ।

नेपालको इतिहासलाई कोट्याएर हेर्ने हो भने लिछिविकालिन, मल्लकालिन, शाहबंशीय शासन, राणा शासन र अहिलेको लोकतान्त्रिक गणतन्त्र सम्मको शासन अवस्थालाई पनि लिन सकिन्छ । यी जुनसुकै शासन व्यवस्था भएपनि ती शासन व्यवस्था स्थापना गर्न वा परिवर्तन गर्न युवा शक्ति नै अगाडी देखिन्छ । ती युवा शक्तिको नेतृत्वका कारण नै आज हामी नेपाल र नेपाली भनेर गर्व गर्न पाएका छौँ ।

तर अहिले पछिललो नेपालको राजनितिक अवस्था हेर्ने हो भने मुलुको शासनसत्ता लचाउने बागडोर युवा शक्ति होइन बिशास लिनुपर्ने उमेर समूहको हातमा छ । अझै भनौँ शिर्ष ठुला दलका नेतृत्व पनि युवा शक्तिको हातमा होइन आराम गर्ने व्यक्तिहरु संग छ । के बिश्राम र आराम गर्ने नेतृत्वहरुबाट के यो मुलुकले सही निकास पाउन सक्छ त ? के यो आराम गर्ने समूहले नेपाली युवाहरुलाई सही तरिकाले व्यवस्थापन गर्न सक्छ त ? तपाईलाई के लाग्छ ? तर मेरो भाषामा भन्ने हो यो आराम र बिश्राम गर्ने शक्ति वा पिढीबाट आस गर्नु भनेको आकाशको फल आँखा तरि मर भने जस्तै हो ।

त्यसैले पनि अव नेपाली युवा शक्तिलाई विदेशी भूमिमा होइन यही नेपाली भूमिमा परिश्रम गरी सुन फलाउने वातावरणको विकास हुन जरुरी छ । त्यसका लागि राज्यका हरेक निकाय, हरेक पार्टी, हरेक संघसंस्थामा सिर्जनशिल युवा नेतृत्वको आवश्यकता अपर्यहार्य छ । युवा नेतृत्वले नै यो मुलुक निकास र विकास दुबै दिन सक्छ । युवा नेतृत्वले नै युवाहरुलाई सही व्यवस्थापन गर्न सक्छ भन्नेमा समेत नेपाली समाज एक ढिक्का छ ।

युवा आजको आवश्यकता मात्र होइन युवा शक्ति वर्तमान र भबिष्य दुबैको बलिो खम्बा र आधार पनि हो । संसारका विभिन्न देशको नेतृत्व गर्ने नेतृत्व वर्गलाई हेर्दा पनि प्रशस्त उदाहरण काफी छ । जुन—जुन देशमा युवा नेतृत्व छ, त्यहाँ—त्यहाँ विकास र समृद्धिले आकाश छोएको छ । त्यसैले अब नेपाली राजनिति र देशको नेतृत्व नेपाली युवामा पुस्तान्तरण हुन एकदमै जरुरी छ । जब सम्म नेपालमा नेतृत्व पुस्तान्तरण हुँदैन तब सम्म नेपाली युवाहरुको व्यवस्थापन मात्र होइन देशको विकास र निकास कुनैपनि चीज सम्भब छैन ।

अब नेपाली युवाहरुले बिदेशमा गएर परिश्रम गरेर पठाएको बिदेशीडलरबाट मुलुक सञ्चालन गर्ने की यही नेपाली भूमि भित्रका स्रोत साधन परिचालन गरेर मुलुक सञ्चालन बिषय बहस बनाउने ? यी बिषय तर्कका लागि बहस ठीक हुन सक्छ तर मुलुकको समृद्धि र विकासका लागि यो बहस गलत सावित हुनेछ ।

अब पौरखी तथा शिर्जनशिल युवा शक्तिहरुलाई स्वेदेशमै सही व्यवस्थापन र परिचालन गर्ने समय आएको छ ।
युवाले मानवीय कार्यमा लिएको नेतृत्वको स्थानीयदेखि राष्ट्रियस्तरसम्म मात्र नभएर अन्तराष्ट्रियस्तरमा समेत यो ठूलो चर्चाको विषय बन्यो । सारा विश्वले नेपाली युवाको यस किसिमको कार्यको मुक्त कण्ठले प्रशंसा पनि गरेको छ । अतः माथिका र यस्तै अन्य घटनाक्रमलाई आधारमानी हामी समाज परिवर्तनको संवाहकका रुपमा युवालाई व्याख्या गर्न सक्छौं ।

अन्ततः युवा जनसंख्यालाई संसारका कुनै पनि देशले आ-आफ्नै उमेरको परिधिमा राखेको छ, तथापी युवा भनेको मानव जीवनमा अत्यधिक जोश, जाँगर, उत्साह अनि शक्ति भएको उमेर-समूह पनि हो । नेतृत्व गर्न मन प्रशस्त योग्य, जे पनि गर्न सक्छु जस्तो लाग्ने, उत्साह अनि संवेगसहितको युवा अवस्था शक्ति र सामथ्र्यले भरिपूणर् अवस्था हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे