LISTEN LIVE RADIO

राप्ती गाउँपालिका इन्जीनियर अशोक बेल्वासेले निलसागरमा मनाए जन्मदिन



राप्ती गाउँपालिका इन्जीनियर अशोक बेल्वासेले निलसागरमा मनाए जन्मदिन

देउखुरी ९ जेठ । जन्मदिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटी पछिल्ला दिनहरुमा व्यापक पाईन्छ । तर सितगंगा नगरपालिका -८ अर्घाखाँची घर भई हाल दाङको राप्ती गाउँपालिकाकाे कार्यालय मसुरियामा कार्यरत इन्जिनियर अशोक बेल्वासेले भने फरक तरिकाले आफ्नो जन्म दिन मनाएका छन् ।

बेल्वासेले आफ्नो ३२ औं जन्म दिनको अवसरमा मंगलबार राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको निलसागर सेवा आश्रममा रहेका बेसाहराहरुका लागि संस्थाका संस्थापक अध्यक्ष तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट मार्फत नगद ५ हजार रुपैयाँ सहयोग गरेका छन् । फजुल खर्च भन्दा मानव सेवामा सकेको सहयोग गर्नुपर्छ भन्ने सन्देश दिनका लागि जन्मदिनलाई रचनात्मक र सेवामुखी बनाउनु पर्ने धारणाका साथ आफुले जन्म दिनकाे अवसरमा आश्रमलाई उक्त रकम सहयोग गरेकाे बेल्वासेले बताए ।

त्यस्तै सेवा आश्रमका संस्थापक अध्यक्ष तथा पालिकाका अध्यक्ष विष्टले मानव सेवामा सहयोग गर्ने कार्य अति पुन्य कर्य भएकोे बताउँदै आगामी दिनमा अझै राष्ट्र र जनताको सेवा गर्ने सेवाभावकाे विकास हुँदै जाओस् भन्दै शुभकामना सहित धन्यवाद ज्ञापन गरेका थिए । बेल्वासेले विगतका वर्षहरूका जन्मदिनमा पनि विभिन्न सामाजिक तथा मानवीय क्षेत्रमा सहयोग गर्दै आइरहेका थिए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे