LISTEN LIVE RADIO

देउखुरीकाे राप्तीमा सराेकारवाला निकाय संग विभिन्न अधिकार सम्बन्धी संवाद सम्पन्न



भालुवाङ २४ बैशाख । देउखुरीकाे राप्ती गाउँपालिकामा पालिका स्तरिय सराेकारवाला निकाय संग आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धित एक दिने संवाद कार्यक्रम सम्पन्न भएकाे छ ।
साेसाइटी वेयलफेयर एक्सन नेपाल (स्वान) लमही दाङकाे आयाेजना एवम् आईएम सुईडिसकाे सहयाेगमा भएकाे संवाद कार्यक्रममा स्थानीय सरकारले कृषि क्षेत्रबाट किसानहरूमा पारेकाे प्रभावका बिषयमा सराेकारवाला निकाय र सहभागीहरू बीच दाेहाेराे संवाद गरिएकाे थियाे ।
स्वान संस्थाका कार्यक्रम संयाेजक रेमन्त चाैधरीकाे अध्यक्षता एवम् राप्ती गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दामाेदर पाैडेलकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा गाउँपालिकाकी कृषि शाखा प्रमुख सिमा भट्ट र उद्यम शाखा प्रमुख बिनिता चाैधरी लगायतका सराेकारवाला निकायहरूले आ-आफ्नाे क्षेत्रमा भईरहेकाे कार्यप्रगतिकाे अवस्था र भावी याेजनाका बिषयमा प्रस्तुति राखेका थिए ।
कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा पशु शाखा प्रमुख दामाेदर पाैडेल, ५ नम्बर वडा अध्यक्ष देबप्रसाद चाैधरी र ७ नम्बर वडा अध्यक्ष सिताराम चाैधरीले भने सहभागीबाट उठेका प्रश्न तथा जिज्ञासाकाे जवाफ दिएका थिए ।  स्वान संस्थाका कार्यक्रम संयाेजक रेमन्त चाैधरीले बिषय प्रवेश गराएको कार्यक्रममा पालिका भरिका किसान तथा सराेकारवाला निकायहरू गरी ३५ जनाकाे सहभागिता रहेकाे थियाे ।  कार्यक्रमकाे सहजीकरण पत्रकार दशरथ घिमिरेले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे