LISTEN LIVE RADIO

बाउन्नीपाटा साेलार लिफ्ट सिचाई आयोजनाको उद्घाटन



भालुवाङ २४ वैशाख । दाङको राप्ती गाउँपालिका वडा नम्बर २ बाउनीपाटामा निर्माण भएको बाउन्नीपाटा साेलार लिफ्ट सिचाई आयोजनाको आज आईतवार एक कार्यक्रमका बिच उद्घाटन गरिएकाे छ ।

आयोजनाको लुम्बिनी प्रदेशका पूर्व भाैतिक पुर्वाधार मन्त्री तथा सांसद इन्द्रजित थारु र राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले संयुक्तरूपमा उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा बाेल्दै सांसद चाैधरीले कृषिको मुख्य संरचना सिचाई भएको बताउँदै सिचाई सँगसँगै आधुनिक तथा व्यवसायिक खेतीपातीमा जाेड दिनुपर्ने बताए । त्यस्तै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले परम्परागत खेतीपाती लाई परिवर्तन गर्दै आधुनिक कृषि प्रणाली अपनाउनु पर्ने बताए । सिचाईकाे सुविधा भए सँगै उत्पादित कृषि जन्य बस्तुहरु बिक्री वितरण गरि स्थानीयहरुकाे आर्थिक आय आर्जनमा समेत टेवा पुग्ने अध्यक्ष विष्टकाे विश्वास रहेको छ ।

उनले कृषकहरूलाई उत्पादनमा जाेड दिन आग्रह गर्दै कृषकहरुकाे हरेक समस्या समाधान गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताए । राप्ती गाउँपालिकाकाे १५ लाख ,नामसालिङ सामुदायिक विकास केन्द्रकाे १९ लाख १७ हजार र स्थानीय उपाेक्ताहरुकाे ३ लाख ८० हजार ५ सय ३ रुपैयाँ ९८ पैसा बराबरको श्रमदान गरि कुल ३७ लाख ९७ हजार ५ सय ३ रुपैयाँ ९८ रुपैयाँकाे लागतमा आयोजना सञ्चालनमा ल्याइएको हो। उक्त क्षेत्रका बासिन्दाले लामो समयदेखि सिचाईको सास्ती भोग्नु परेको थियो। सिचाइका लागि करिब ६ सय मिटर तल घाेसखाेला बाट पानी साेलार लिफ्ट गरिएको छ। उक्त सिचाई आयोजना संचालनमा आएपछि बाउनीपाटा,घाेप्टे र चरिङ्गे लगायत गाउँका करिब ४५ घरधुरीका स्थानीयहरु सिचाइ सुविधा बाट प्रत्यक्ष लाभान्वित भएका छन् भने १९ बिगाह जमिनमा सिचाइ हुने भएको वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चाैधरीले जानकारी दिएका छन् ।

साेलार लिफ्ट सिचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष प्रेम बहादुर सुनारी मगरको अध्यक्षता तथा लुम्बिनी प्रदेशका पूर्व भाैतिक पुर्वाधार मन्त्री तथा सभासद इन्द्रजित थारुकाे प्रमुख आतिथ्यता र राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टकाे विशिष्ट आतिथ्यतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चाैधरी,९ का अध्यक्ष रिम बहादुर सुनारी मगर,वडा नम्बर २ का पूर्व वडा अध्यक्ष जगत थापा ,नामसालिङ सामुदायिक विकास केन्द्रका दाङ जिल्ला संयाेजक शशांक आचार्य लगायतले सिचाइ सुविधाको सेवा सँगै आधुनिक कृषि प्रणाली अपनाउनु पर्ने कुरामा जाेड दिए । सिचाइ आयोजना अनुगमन समितिका संयाेजक केहर सिंह तारमी मगरको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन नामसालिङ सामुदायिक विकास केन्द्रका फिल्ड संयाेजक धर्म यादबले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे