लुम्बिनीको प्रदेशसभा बैठक आगामी वैशाख ११ गते बस्दै



लुम्बिनीको प्रदेशसभा बैठक आगामी वैशाख ११ गते बस्दै

भालुवाङ ४ वैशाख । लुम्बिनी प्रदेशसभाको पहिलो अधिवेशनको नवौँ बैठक वैशाख ११ गते बस्ने भएको छ । लुम्बिनी प्रदेशसभाले सूचना जारी गर्दै सभामुखको निर्देशानुसार वैशाख ११ गते सोमबार दिउँसो ११ बजे बस्ने जनाएको छ।

प्रदेशसभा नियमावली, २०७९ को नियम १२ को उपनियम ३ बमोजिम बैठक बस्ने तय भएको सूचनामा उल्लेख छ। यस्तै, प्रदेशसभाको सातौँ बैठक चैत २० गते र आठौँ चैत २१ गते बसेको थियो।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे