विद्युत् महसुल नतिरेपछि सोना सिमेन्ट र रोल्पा सिमेन्ट उद्योगको लाइन काटियाे



विद्युत् महसुल नतिरेपछि सोना सिमेन्ट र रोल्पा सिमेन्ट उद्योगको लाइन काटियाे

दाङ ४ वैशाख । विद्युत् महसुल नतिरेपछि दाङ र राेल्पाकाे सिमेन्ट उद्योगको लाइन काटिएकाे छ । नेपाल विद्युत् प्राधिकरणले तोकिएको समयमा विद्युत् महसुल नतिरेपछि लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जले दाङ स्थित सोना सिमेन्ट उद्योग र रोल्पा स्थित रोल्पा सिमेन्ट उद्योगको विद्युत् आपूर्ति बन्द गराइदिएको हो ।

कार्यालय प्रमुख हरि पाण्डेका अनुसार रकम भुक्तानीका लागि बारम्बर ताकेता गर्दा पनि भुक्तानी नगरेपछि लाइन काटिएको हो । प्राधिकरणका अनुसार सोना सिमेन्ट प्रालिले मात्रै ७४ करोड ५९ लाख रुपैयाँ भुक्तानी गर्नु बाँकी छ । सो मध्ये ३२ करोड ९४ लाख रुपैयाँ डेडिकेटेड तर्फको हो भने करिब ४१ करोड ६६ लाख रुपैयाँ यसबाहेककै हो ।

त्यस्तैगरी रोल्पा सिमेन्ट उद्योगले आठ करोड ८४ लाख रुपैयाँ भुक्तानी गर्न नमानेपछि लाइन काटिएको हो । पाण्डेका अनुसार प्रदेश मातहत महसुल उठ्न बाँकी विभिन्न उद्योगमा ताकिता गरेपछि धेरै उद्योगले जरिवाना सहित रकम भुक्तान गरेको तर उनीहरूले रकम तिर्न अटेरी गरेपछि बाध्यतावश लाइन काटिएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे