अखिल नेपाल जनजाती सम्मेलनले ३६ औँ स्थापना दिवस मनायाे



घाेराही ३ वैशाख । राष्ट्रिय जनमोर्चा निकट जनजातिहरुको संगठन अखिल नेपाल जनजाती सम्मेलन र दलित जातिहरुको संगठन जातिय समता समाजले आइतवार घाेराही ३६ औँ स्थापना दिबस मनाएका छन् । दिबसका अवसरमा आयाेजित कार्यक्रममा बोल्ने बत्ताहरुले जातीय समस्या मुलरुपमा बर्गिय समस्या भएको बताएका छन् ।

बर्गिय समस्या हल भयो भने जातीय समस्या पनि बिस्तारै कम हुने कुरामा बक्ताहरुको जोड थियो । दुबै संगठनको  बोल्ने बक्ताहरुले साम्राज्यवादी र पृथकताबादी शक्तीहरुले जाती जनजातिलाइ बिभाजित गरेर द्वन्दको बाताबरण सृजना गरेको कुरा बताए । दुबै संगठनको आज भन्दा ३६ बर्ष पहिले संगै स्थापना भएको थियो ।

जातीय समता समाजका जिल्ला अध्यक्ष सुर्यलाल नेपालीको अध्यक्षता र अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रिय उपाध्यक्ष रमेशमान गुरुङ्को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चा का केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष गणेश आचार्य, अखिल नेपाल युबक संघ पुर्ब केन्द्रिय अध्यक्ष कासिनाथ पोख्रेल, राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य सुशील पोख्रेल, तराइ मधेस जनबादी मोर्चाका जिल्ला सदस्य सुन्दर चौधरी ले मन्तव्य व्यक्त गरेका थिए। जातीय समता समाजका जिल्ला सचिब बलदेव बिकको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन अखिल नेपाल जनजाती सम्मेलनका जिल्ला सचिब दलबहादुर घर्तीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे